• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, माघ ०३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

अन्तत दलविहीन बने देउवा

गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

प्रलोपाले गर्यो चौरजहारीमा कमिटी गठन अध्यक्षमा सुदास स्वर्णकार चयन

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

  • १०. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

पाँच सय कमाउने आसमा ३२ किलोमिटर साइकलमा यात्रा


  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
  • बर्दिया । बारबर्दिया नगरपालिका-९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्छन्। मुक्त कमैया बस्तीमा बसोबास गर्दै आएका उनको दैनिक कमाइ भने ५०० रुपैयाँ मात्र हो ।

    Advertisement

    बुधबारको गोरखापत्र दैनिकमा समाचार छ, चन्द्रबहादुर मात्र होइन, उनका थुप्रै साथी ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकल चलाएर प्रत्येक दिन बिहान गुलरिया बजार पुग्छन् । मुक्त कमैयाका लागि सरकारले व्यवस्था गरेको जग्गामा उनीहरूको बसोबास छ। धेरै मुक्त कमैया आफ्नो गाउँमा रोजगारी नभएपछि साइकल चलाएरै रोजगारीको खोजीमा सदरमुकाम गुलरिया पुग्छन्।

    चन्द्रबहादुरले भने, ‘कामको खोजीमा गुलरियासम्म बिहानबेलुका ओहोरदोहोर गर्दा ३२ किलोमिटर साइकलबाटै यात्रा हुन्छ तर कुनै कुनै दिन त काम नपाइँदा रित्तै फर्किनु पर्छ ।’

    वर्षभरिमा केही दिन मात्र गाउँमै कृषिको काम पाइन्छ। वनगाईका अर्का मुक्त कमैया मङ्गतु थारूले कहिलेकाहीँ गुलरिया ढिला पुग्दा काम नपाइने बताउनुभयो । उनीहरू गुलरियामा ज्यालामजदुरीको काम गर्न घरबाट बिहान ६ बजे नै निस्कन्छन् । घरबाटै खाना र खाजा बनाएर कार्यस्थलमा जानु उनीहरूको दैनिकी हो ।

    ‘खाना र खाजा पनि बोकेर जानु पर्छ, काम अनुसारको दाम पनि पाइँदैन । ३२ किलोमिटर साइकल कुदाउनु पर्दा थकाइ पनि त्यत्तिकै लाग्ने गर्छ ’, उनले भने।

    चन्द्रबहादुर र मङ्गतु जस्तै करिब ५० मुक्त कमैया दैनिक ज्यालादारीका लागि गुलरिया पुग्छन् । चन्द्रबहादुरले भने, “बिहान ८ बजे काम शुरु गरे पनि सकिँदा ५ बज्छ । अनि घर फर्किंदा राति हुन्छ । पाँच सय रुपियाँ कमाउन त्योभन्दा बढी मेहनत गर्नु पर्छ।’ वनगाईका अर्का मुक्त कमैया भरोसे थारूले कहिलेकाहीँ बाटोमा साइकल पञ्चर हुँदा काम नै छुट्ने र त्यत्तिकै घर फर्किनुपरेको अनुभव सुनाए। यो खबर आजको गोरखापत्रमा छ ।

    बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?
    कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

    भर्खरै

    • १.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • २.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ३.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ४.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

    • ७.
      अन्तत दलविहीन बने देउवा

    • ८.
      गगन थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.