नयाँ दिल्ली । पाकिस्तानसँग बढ्दो द्वन्द्वको बीचमा भारत सरकारले देशको उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
Advertisement
पञ्जाब, हरियाणा, राजस्थान, गुजरात, हिमाचल प्रदेश, उत्तर प्रदेश र कश्मीर लगायतका राज्यहरूमा रहेका ती विमानस्थलहरूमा उडान सेवा स्थगित गरिएको छ ।
भारतीय नागरिक उड्डयन मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उत्तर र पश्चिम भारतका ३२ विमानस्थलहरूमा अस्थायी रूपमा उडान बन्द गर्ने सूचना सम्बन्धित उड्डयन प्राधिकरणहरूले जारी गरेका छन् ।’
मन्त्रालयले सबै एयरलाइन्स तथा उडान सेवा प्रदायकहरूलाई हालको हवाई यातायात सूचना अनुसार वैकल्पिक मार्गको योजना बनाउन अनुरोध गरेको छ ।