अमेरिकामा न्युयोर्क सिटीको हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
Advertisement
दुर्घटना बिहीबार दिउँसो ३ बजे घटेको थियो, जब हेलिकप्टर म्यानहट्टनको स्काइलाइनबाट उडेको १८ मिनेटमा असन्तुलित हुँदै नदीमा खसेको थियो।
मृतकमा तीन बालबालिकासहित सबै स्पेनिस पर्यटक रहेको बताइएको छ। अमेरिकी यातायात सुरक्षा बोर्डले अनुसन्धान सुरु गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनाबारे दु:ख व्यक्त गरेका छन्।