प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको जायज माग सम्बोधन हुने भन्दै आन्दोलन गरिराख्नु पर्ने आवश्यक नभएको बताएका छन्। आज (सोमबार) काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शिक्षकहरुको माग सम्बोधनका लागि शिक्षकहरुले आन्दोलन गरिराख्नु नपर्ने बताएका हुन् ।
उनले भने ‘अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको हो शिक्षक साथीहरूले ? मलाई थाहा छैन । मैले पटक पटक भनिरहेको छु की शिक्षकहरुका जायज मागहरु सम्बोधन गर्न तयार छौँ । आन्दोलन गरिरहनुपर्दैन,।