• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बिहिबार, मङि्सर १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ८ विधाका खेल हुँदैछ

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

आज फेरि बढ्यो सुनको मुल्य

यस्तो छ आजको मौसम

जाजरकोटमा स्वास्थ्य शिविर : एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

पत्रकारको सामूहिक गिरफ्तारी माग्दै महासङ्घ सडकमा

सुनको मूल्य एकैदिन ६ हजार ५ सय रुपैयाँले घट्यो

लोकप्रिय समाचार

  • १. प्रश्न गर्नु अपराध हो र ?

  • २. डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

  • ३. मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

  • ४. जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

  • ५. तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

  • ६. धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

  • ७. निरन्तर घटेको सुनको मुल्यमा आज भारी वृद्धि

  • ८. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

  • ९. प्रधानमन्त्री शाह र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

  • १०. दशाैं राष्ट्रिय खेलकुदका खेलस्थल सार्वजनिक, कुन खेल कहाँ हुँदैछ?

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा


  •   बिहिबार, मङि्सर १०, २०८३ मा प्रकाशित
  • बझाङ– बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् ।

    Advertisement

    दसैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा नयाँ उत्साह थपिएको हो ।

    खेलमैदानको अभाव, सीमित स्रोतसाधन र पर्याप्त सरकारी लगानी नहुँदा पनि बझाङका युवाले खेतबारी, खुला चौर तथा उपलब्ध खाली ठाउँलाई क्रिकेट मैदानका रूपमा प्रयोग गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरिरहेका छन् । पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपीएल)ले क्रिकेटप्रति थप आकर्षण जगाएपछि जिल्लाका विभिन्न गाउँमा प्रतियोगिताको विस्तार हुँदै गएको छ ।

    बाँस्काटिया युवा जागरण अभियानका क्रिकेट संयोजक चक्रजङ्ग रोकायाको पहलमा यस वर्ष खप्तडछान्ना गाउँपालिकामा पहिलोपटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

    दसैँ–तिहारको अवसरमा गाउँमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम गर्ने तयारी भइरहेका बेला सुरु भएको प्रतियोगितामा बाँस्काटियामा १८ वटा टोलीले नाम दर्ता गरी प्रतिस्पर्धामा उत्रिएका थिए । मोबाइल तथा टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेर्दै आएका स्थानीय युवाका लागि आफ्नै गाउँमा क्रिकेट खेल्ने अवसर नयाँ अनुभव बन्यो ।

    खेतमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न टोलीले उत्कृष्ट प्रदर्शन गरे । सामान्य मानिएका टोलीले समेत प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेपछि दर्शक उत्साहित बने । गाउँका किशोर तथा युवाले खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै सिकेको क्रिकेटले प्रतियोगितामा राम्रो प्रदर्शन गरेको आयोजकको भनाइ छ ।

    क्रिकेट संयोजक चक्रजङ्ग रोकाया भन्छन्, ‘हाम्रो खप्तडछान्ना गाउँपालिकामा पनि यस्तो प्रतिभा छ भन्ने हामीले कल्पना नै गरेका थिएनौँ । खेतबारी, बाटोघाटो र खुला ठाउँमा खेल्दै आएका युवा तथा किशोरको खेलले दर्शकको मन जित्यो । सामान्य भनिएका टोलीले उत्तिकै राम्रो प्रदर्शन गरे । यो नै हामी आयोजकका लागि सफलता हो ।’

    स्थानीयस्तरमा क्रिकेट प्रतियोगिता आयोजना भएपछि गाउँका युवाले आफ्नो प्रतिभा देखाउने अवसर पाएका छन् । खेलप्रतिको रुचि र सहभागिता बढ्दै जाँदा आगामी दिनमा अझ व्यवस्थित प्रतियोगिता सञ्चालन गर्न सकिने विश्वास आयोजकले गरेका छन् ।

    बाँस्काटियामा क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक सातामै खप्तडछान्ना गाउँपालिका–४ माझिगाउँमा अर्को प्रतियोगिता आयोजना भयो । जिम्माल युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा दुई दर्जनभन्दा बढी टोली सहभागी भएका थिए ।

    प्रतियोगितामा विजेताका लागि एक लाख ५० हजार राशिको पुरस्कारको व्यवस्था गरिएको थियो भने उपविजेताले ४० हजार प्राप्त गरेका थिए । आकर्षक पुरस्कार र स्थानीय युवाको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो ।

    जिम्माल युवा क्लबका संयोजक मुकेश रोकायाका अनुसार माझिगाउँमा विगत चार वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएको छ ।

    वडास्तरीय प्रतियोगितामा विभिन्न वडा तथा गाउँका टोली सहभागी हुने गरेका छन् । ‘वडास्तरीय प्रतियोगितामा वडा तथा गाउँबाट टोली प्रतिस्पर्धामा उत्रिन्छन् । यहाँबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाहिरका प्रतियोगितामा सहभागी हुन्छौँ । त्यहाँबाट ट्रफी जितेर गाउँ फर्किंदा सबैलाई खुसी लाग्छ । यहाँ नियमित खेल भइरहँदा खेलाडी र गाउँ दुवैलाई फाइदा भएको छ,’ उनले भने ।

    स्थानीय क्लबको सक्रियताले क्रिकेटलाई गाउँको खेलकुद संस्कृतिका रूपमा स्थापित गर्न सहयोग पुगेको छ । नियमित प्रतियोगिताले खेलाडीलाई अभ्यास गर्ने, आफ्नो क्षमता पहिचान गर्ने र अन्य टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको छ ।

    गाउँगाउँमा फैलिँदै क्रिकेटको लहर
    दसैँ, तिहार र छठ पर्वको अवधिभर बझाङ जिल्लाका दर्जनभन्दा बढी स्थानमा क्रिकेट प्रतियोगिता आयोजना भएका छन् । पहिले निश्चित ठाउँमा सीमित रहेको क्रिकेट अहिले ग्रामीण बस्तीहरूमा समेत फैलिँदै गएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) बझाङका अध्यक्ष प्रविन्द्र धामीका अनुसार जिल्लाका बुंगल, दुर्गाथली, सुर्मा र जयपृथ्वी नगरपालिकामा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेको एक दशकभन्दा बढी भइसकेको छ । पछिल्लो समय भने गाउँ गाउँमा प्रतियोगिता हुन थालेका छन् । ‘सुरुमा निश्चित ठाउँमा मात्रै हुने क्रिकेट प्रतियोगिता अहिले गाउँगाउँमा पनि हुन थालेका छन् । यसले जिल्लामा क्रिकेटप्रतिको आकर्षण बढेको देखाउँछ,’ उनले भने ।

    स्थानीय तह, युवा क्लब तथा विभिन्न अभियानको सहकार्यमा प्रतियोगिता आयोजना हुन थालेपछि क्रिकेटको पहुँच ग्रामीण क्षेत्रमा विस्तार हुँदै गएको छ । खेलकुदलाई मनोरञ्जनका रूपमा मात्र नभई प्रतिभा पहिचान र युवालाई सकारात्मक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिन थालिएको उनले बताए ।

    एनपीएलपछि गाउँमा थप उत्साह

    नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएपछि बझाङका गाउँमा क्रिकेटप्रतिको आकर्षण थप बढेको छ । एनपीएलको प्रभावसँगै तलकोट गाउँपालिकामा ‘तलकोट प्रिमियर लिग’ सञ्चालन हुन थालेको छ ।

    बर्सेनि लाखौँ रुपैयाँ पुरस्कार राखेर आयोजना हुने उक्त प्रतियोगिता कहिले पालिकास्तरीय त कहिले वडास्तरीय रूपमा सञ्चालन हुँदै आएको छ । स्थानीय तहको खेलकुद शाखाले सहयोग गर्न थालेपछि विभिन्न पालिकामा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो ।

    मष्टा गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख एवम् शिक्षा अधिकृत पृथुराज जोशी स्थानीयस्तरमा प्रतिभावान् खेलाडी हुन सक्ने भएकाले उनीहरूलाई आफ्नो क्षमता देखाउने अवसर दिन प्रतियोगिता आयोजना गरिँदै आएको बताउँछन् । ‘हाम्रा गाउँमा पनि प्रतिभावान खेलाडी हुन सक्छन् । उनीहरूले आफ्नो प्रतिभा देखाउनका लागि खेल आयोजना गर्नुपर्छ भन्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ,’ उनले भने ।

    उनका अनुसार वडासँगको सहकार्यमा खेलकुद क्षेत्रमा लगानी गर्ने गरिएको छ । स्थानीयस्तरमा प्रतियोगिता आयोजना हुँदा खेलाडीले आफ्नो क्षमता देखाउन पाउनाका साथै खेलप्रति समुदायको रुचि बढ्दै गएको छ ।

    एनपीएलमा विभिन्न जिल्लाका खेलाडीले फरक फरक टोलीबाट खेल्ने अवसर पाएपछि ग्रामीण क्षेत्रका युवामा क्रिकेटप्रति आकर्षण बढेको छ । राष्ट्रिय तथा व्यावसायिक प्रतियोगितामा स्थानीय खेलाडीको सहभागिताले गाउँका युवालाई क्रिकेटमा भविष्य खोज्न प्रेरित गरेको छ ।

    पिठातोला लायन्स किङ कोब्रा टोलीका खेलाडी कपिल जोशीका अनुसार एनपीएलपछि गाउँगाउँमा क्रिकेट प्रतियोगिता आयोजना गर्ने क्रम बढेको हो । ‘पहिले हामीलाई क्रिकेटप्रति खासै चासो हुँदैनथ्यो । एनपीएल सुरु भएपछि जताततै खेल हुन थाले । विभिन्न जिल्लाका राम्रा खेलाडीले पनि विभिन्न टोलीबाट खेल्ने अवसर पाए । त्यसपछि गाउँगाउँमा पनि क्रिकेट प्रतियोगिता हुन थाले,’ उनले भने ।

    खेलमैदानको अभाव, खेतबारीमै प्रतिभा
    क्रिकेटप्रतिको आकर्षण बढ्दै गए पनि बझाङका विभिन्न गाउँमा व्यवस्थित खेलमैदानको अभाव छ । क्रिकेट खेल्न आवश्यक मैदान, पिच तथा अन्य पूर्वाधार नहुँदा खेलाडीले खेतबारी र खुला चौरमै अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

    कपिल जोशीका अनुसार क्रिकेटका लागि जिल्लाका गाउँमा पर्याप्त मैदान छैनन् । सरकारले पनि आवश्यक पूर्वाधार निर्माणमा पर्याप्त लगानी गर्न सकेको छैन । ‘क्रिकेटका लागि कुनै ठाउँमा पनि व्यवस्थित मैदान छैन । सरकारले पर्याप्त लगानी गरेको छैन । तैपनि गाउँगाउँका प्रतिभा खेतमा देखिन थालेका छन् । यो सुखद पक्ष हो,’ उनले भने ।

    बझाङका गाउँमा परम्परादेखि भलिबल र देउडा सांस्कृतिक तथा खेलकुद गतिविधिका अभिन्न अङ्गका रूपमा रहँदै आएका छन् । गाउँका मेला, पर्व र उत्सवमा भलिबल प्रतियोगिता तथा देउडा कार्यक्रम आयोजना हुने चलन अझै पनि छ ।

    पछिल्लो समय भने क्रिकेट र ब्याडमिन्टनजस्ता खेलले ग्रामीण क्षेत्रमा प्रवेश पाएका छन् । यसले गाउँका मेला तथा पर्वलाई थप विविध र आकर्षक बनाएको छ ।

    खप्तडछान्ना एकीकृत विकास मञ्चका अध्यक्ष पुष्पराज रोकाया ‘अक्षर खेती’का अनुसार बझाङका विभिन्न स्थानका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै हुने गरेको छ । अहिले त्यससँगै क्रिकेट र ब्याडमिन्टनले स्थान पाउन थालेका छन् । ‘बझाङका विभिन्न ठाउँका मेलामा भलिबल र देउडा अनिवार्यजस्तै छ । तर, अहिले क्रिकेट र ब्याडमिन्टनले प्रवेश पाएको छ । विभिन्न खेल आयोजना हुँदा मेला रोमाञ्चक बन्न थालेका छन्,’ उनले भने ।

    बिहिबार, मङि्सर १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी
    दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ८ विधाका खेल हुँदैछ
    आज फेरि बढ्यो सुनको मुल्य
    यस्तो छ आजको मौसम
    जाजरकोटमा स्वास्थ्य शिविर : एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण
    शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

    लोकप्रिय

    • १.
      प्रश्न गर्नु अपराध हो र ?

    • २.
      डिग्रे मेलाको अवसरमा मुसीकोटमा दुई दिन सार्वजनिक बिदा

    • ३.
      मनकामना केबलकार २९औँ वर्षमा प्रवेश , २ करोड १२ लाख भन्दा बढीले चढे

    • ४.
      जय नेपाल नभनेको भन्दै सहकर्मी लाई अपशब्द बोल्दै गाली गर्ने हवल्दार माथि कारबाही सुरु

    • ५.
      तीन दशकपछि कास्कीमै खुल्यो प्याराग्लाइडिङ स्कुल

    • ६.
      धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

    भर्खरै

    • १.
      डीपी अर्याल र कुमार बेनलाई राजनीतिक संरक्षण नदिन जेनजी मुभमेन्टको प्रहरी महानिरीक्षकलाई चेतावनी

    • २.
      दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज ८ विधाका खेल हुँदैछ

    • ३.
      गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

    • ४.
      आज फेरि बढ्यो सुनको मुल्य

    • ५.
      यस्तो छ आजको मौसम

    • ६.
      जाजरकोटमा स्वास्थ्य शिविर : एकै दिन २ हजार १५ जनाको स्वास्थ्य परीक्षण

    • ७.
      शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्वायत्ततामा हस्तक्षेप नगर्न वामपन्थी विद्यार्थी संगठनको माग।

    • ८.
      पत्रकारको सामूहिक गिरफ्तारी माग्दै महासङ्घ सडकमा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.