सुर्खेतको विरेन्द्रनगर स्थित कालागाउँमा रहेको एक होटलमा समोसा भित्र अखाद्य बस्तु भेटिएको छ । प्रदेश अस्पताल गेट नजिकै रहेको कर्णाली खाजा घरमा शनिवार विहान समोसा भित्र काचो पिठो भेटिएको हो ।
Advertisement
ग्राहकले समोसा खाइरहेको अवस्थामा समोसा भित्र पिठो र कपाल भेटिएपछी होटलमा खैलाबैला भएको थियो । प्रदेश अस्पतालको छेउमै रहेको उक्त होटलमा अखाद्य बस्तु भेटिएपछी ग्राहक र होटल सञ्चालक विच विवाद भएको छ ।
होटल सञ्चालक बिमला कुमारी शाहीले समोसामा पिठो राखिएको स्वीकार गरिन्। सिकारुले बनाएको समोसामा पिठो मिसाएर गल्ति भएको हो । उनले भनिन, कहिलेकाहीँ गल्ति हुनु स्वभाविक हो । ग्राहकलाई समोसाभित्र पिठो मिसाएर उनले दिएको अभिव्यक्ति नै लापरवाही भएको प्रष्ट हुन्छ ।