उदयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुरमा वडा अधिवेशन सम्पन्न भएको छ । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ मा प्रथम वडा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशनबाट वडा सभापतिमा इश्वर दाहाल , उपसभापतिमा सकुन्ता कार्की ,सचिवमा महेन्द्र विष्ट सदस्यहरु संगिता नेपाली ,धन कुमारी तामाङ ,मैयाँ बस्नेत कार्की ,राजकुमार खड्का ,लगाएत निर्वाचित भएका छन ।
वडा अधिवेशन बेलका नगरसमितिको आयोजनामा निर्वाचन क्षेत्र तथा जिल्ला समितिको समन्वयमा सम्पन्न भएको नगरसचिव पुर्ण निराैलाले बताएका छन् । रास्वपाका जिल्ला सभापति चित्रकुमार कार्कीकाे विशेष उपस्थितिमा वडा अधिवेशन भएको थियोे ।
कार्यक्रममा जिल्ला संगठन प्रमुख तथा जिल्ला सहसचिव सुर्यकुमार राई,काेशी प्रदेश विभागीय सदस्य दुर्गा राउत, कैलास कार्की जिल्ला सदस्य तेजमान विश्वकर्मा , लक्ष्मी बस्नेत पालिका समितिका पदाधिकारी र वडा सदस्य लगाएतकाे उपस्थितिमा मंगलबार सर्वसम्मतिले वडा समिति गठन भै कार्यक्रम सम्पन्न भएको हो ।
अधिवेशनमा सभापति चित्रकुमार कार्कीले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै स्थानीय जनताको मनाेभावना अनुसार काम गर्न साथै भ्रष्टाचार विरुद्ध खराे उत्रिएर काम गर्न र सधैंभरि भुइँमान्छेका सुखदुःखमा हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरेका थिए ।