राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) उदयपुरले विरोध जनाएको छ । कुलमान घिसिङकाे विषयलाई लिएर पार्टीले विरोध जनाएको रास्वपा जिल्ला सभापति चित्रकुमार कार्कीले बताएका छन् ।
पार्टीको झण्डा व्यानर लाेगाे विना नेपालको राष्ट्रिय झण्डा मात्रै लिएर प्रदर्शन गरेको सभापति कार्कीले बताए ।
आम देशभक्त युवा जनसमुदायलाई जाेड्ने सबैलाई सकारात्मक संदेश फैल्याउने उदेश्यले राष्ट्रिय झण्डा मुनि बसेर विरोध जनाएको सभापति कार्कीले जानकारी दिएका हुन ।
बुधबार बेलुका उदयपुरको सदरमुकाम गाईघाट पिपल चाेकमा नाराबाजी सहित नेपालको नक्सा बनाएर राष्ट्रिय झन्डा राखेर काेणसभामा बाेल्दै सभापति कार्कीले सरकारले कुलमानलाई हटाउदै बत्ती निभाएर देश लुटपाट गर्ने योजना बनाएको आराेप लगाएका थिए ।
उज्यालोमा देश लुटपाट गर्दा जनताले थाहा पाउने भएकोले सरकार बत्ती निभाउन बाध्यता भएको कार्कीले बताए । सरकारले आफुहरूले गरेको आन्दोलन विराेधलाई बिथोल्ने धरपकट गरे आफुहरु टाेलटाेल बाट आन्दाेलित हुन बाध्य हुने र उक्त परिस्थिति जन्य घटनाको सबै जिम्मेवारी सरकारले लिनुपर्ने बताएका थिए । कार्यक्रममा रास्वपाका स्थानीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे ।