नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले बुधबार महिला र पुरुषतर्फको नयाँ वर्गीकरण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको वार्षीक कन्ट्र्याक्टलाई ६ महिनापछि पुनः मूल्यांकन गरिने क्यानले जनाएको छ ।
सार्वजनिक वर्गीकरणअनुसार पुरुषतर्फ ग्रेड ‘ए’ मा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख र सन्दीप लामिछानेसहित पाँच खेलाडी छन् ।
यसअघि ग्रेड ‘ए’ मा रहेका करण केसी र कुशल भुर्तेल भने घटुवामा परेका छन् । ग्रेड ‘बी’ मा कुशल र करणसँगै गुल्शनकुमार झा, ललितनारायण राजवंशी र अनिकुमार शाह छन् । ललित यसअघि पनि यही ग्रेडमा थिए । अनिललाई भने पहिलोपल्ट क्यानले वर्गीकरणमा समेटेको हो ।
ग्रेड ‘सी’मा सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल छन् । ग्रेड ‘बी’मा रहेका अलराउन्डर कुशल मल्लसँगै आरिफ शेख घटुवामा परेका हुन् ।
ग्रेड ‘डी’मा सागर ढकाल, लोकेश बम, शाहब आलम, आकाश चन्द, बिबेक यादव, सुर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव छन् ।
इमर्जिङमा दीपेश प्रसाद कँडेल (कोशी), रुपेशकुमार सिंह (मधेश), शुभ कंसाकार (बागमती), अर्जुन कुमाल (गण्डकी), सन्तोष यादव (लुम्बिनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदुरपश्चिम) रहेका छन् ।