विद्यार्थी नेता कृष पटेलले नेपाली काँग्रेस निकट विधार्थीको भातृ संगठन नेविसंघले नेताहरुको पछि लागेर संगठनमा योगदानको कदर नभएको बताएका छन्। पार्टीका नेताका हिसाब किताब अधिवेशन हुने समयमा देखाउने भन्दै उनले आक्रोश व्यक्त गरेका छन्। स्ववियु निर्वाचनमा उम्मेदवार बनाउँदा नेताको नजिकको मान्छेलाई अघि सारेको भन्दै उनले आक्रोश पोखेका हुन्।
उनी भन्छन, ठाकुरममा चर्चित विद्यार्थी नेता संगठनमा योगदान दिएका व्यक्तिलाई पार्टी, संगठन टिकट नदिएर आफ्नो आसेपासे चाकडी गर्ने लाई टिकट दिने पार्टी संगठन निर्णय गलत हो । विद्यार्थीको राजनीतिमा पार्टीले चासो देखाएर नेपाल विद्यार्थी संघ कार्यसमिति पर्सामा रहेका एक जनालाई पनि टिकट नदिनु अन्याय हो ।
विद्यार्थीका हकहितका लागि धेरै पहिलादेखि आफ्नो समय विद्यार्थीलाई हक अधिकार , आवश्यक समन्वय गर्ने पुरानो विद्यार्थी नेतालाई टिकट नदिएको भन्दै पटेलले गुनासो गरेका हुन्।
पार्टीको निर्णयले गर्दा धेरै जस्तो विद्यार्थी नेता प्रभावित भएर स्वतन्त्र तरिकाले अगाडी बढ्ने समय आएको उनको भनाई छ । पार्टीले योगदान दिएका व्यक्तिलाई नचिन्नु र मूल्याङ्कन नगरी नेताको सिफारिसमा मात्रै नाम राखेको उनको भनाइ छ।