युक्रेनी सेनाको आक्रमणमा परेर रोल्पाको सुनछहरी गाउँपालिका-५, जैमा कसलाका ४४ वर्षीय तिर्खबहादुर बुढाथोकीको रूसमा मृत्यु भएको छ । अवैध रूपमा रुसी सेनामा भर्ना भएर रूस पुगेका बुढाथोकीलाई युक्रेनी सेनाको ड्रोन आक्रमणले प्रहार गरेको थियो।
Advertisement
उक्त आक्रमणमा परेर उनी गत फागुन २४ गते ज्यान गुमाए।
बुढाथोकी २०८० असोजमा अवैध रूपमा रूस पुगेका थिए र डेढ वर्षदेखि रुसी सेनामा कार्यरत थिए। उनका परिवारमा श्रीमती, एक छोरी र एक छोरा छन्। बुढाथोकीको मृत्युको खबरपछि परिवारले धार्मिक परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्।
बुढाथोकी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षको रूपमा निर्वाचित भएका थिए र २०७९ सालमा पुनः उम्मेदवार बने पनि पराजित भएपछि रूस गएका थिए । युक्रेनी सेनाको आक्रमण बाट उनी रुसमै अस्ताएका छन्।