• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

आज घट्यो सुनको मुल्य

विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

आज सुनको मुल्य घट्यो

लोकप्रिय समाचार

  • १. रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

  • २. आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

  • ३. रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

  • ४. सुनको मुल्यमा भारी वृद्धि

  • ५. विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

  • ६. किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. सरकारले संसदलाई हेपिरहेको छ : गोपाल शर्मा

  • ९. फिफा विश्वकप: पाराग्वेमाथि अमेरिकाको जित

  • १०. आज सामान्य बढ्यो सुनको मुल्य

ग्रामीण क्षेत्रमा नपुगेको नारी दिवस


  •   आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
  • नारी दिवस नेपालमा २०४६ सालको आन्दोलनपछि ‘महिला दिवस’ भन्न थालिएपनि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि २०५९ र २०६० मा आयोगले नै’श्रमिक महिला दिवस’ नाम दिएर मनाइएको बताइन्छ । त्यसपछी श्रम कानुन ०७४ (दफा ४१) ले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा किटान गरेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’को रूपमा हरेक वर्ष ८ मार्च मनाउँदै आएको छ्। ८ मार्चमा नेपालभर यो दिवस मनाईन्छ । धुमधाम सहित नारी दिवस मनाउँदा वास्तविक श्रमिक महिलाहरु लाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात झै भएको छ ।

    Advertisement

    नेपालमा महिला अधिकार र श्रमका कार्यक्रमको भाषण गरेर दिवस मनाएपनी ग्रामीण क्षेत्रका श्रमिक महिलाको अधिकार झन कुन्ठित हुँदै गएको जिल्लाका श्रमिक महिलाहरु बताउँछन्। महिलाहरूको सामाजिक‚ राजनैतिक‚ आर्थिक जीवन परिवर्तनमा ल्यान गरिएको आन्दोलन अर्थात यो दिवसले वास्तविक श्रमिक महिलाहरूको जीवनमा सुधार ल्याउन सकेको छैन्। महिला दिवसको दिन महिलाका अधिकार, महिलाले भोग्नुपरेको समस्या, महिला सशक्तिकरण को नारा लगाएर चर्को भाषण गरिन्छ । तर सोही दिन श्रमिक महिला दिनभर आफ्नो काममा खटिनुपर्ने बाध्यता छ । रुकुम पश्चिमकी ५४ वर्सिया तुला गिरी सडकमा गिट्टी कुटिरहेकी छन्। उनलाई आज शनिवार बाहेक अरु थाहा छैन्। काम नगरे खानालगाउन नपुग्ने दुखेसो गर्दै उनी भन्छिन, काम नगरे दाम आउँदैन । दामको लागी काम गर्नुपर्छ । हाम्रा लागि जहिलै नारी दिवस हो ।

    हरेक वर्ष मार्च ८ का दिनमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई उत्सवको रुपमा संसारभरि नै मनाउने गरिन्छ । इतिहासलाई नियाल्दा विश्वमा भएका श्रमिक महिलाहरूको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार प्राप्तिको लागि गरिएका महत्वपूर्ण आन्दोलनहरूको सम्झना र सम्मानको रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईन्छ । तर अधिकांश श्रमिक महिलाहरुलाई दिवसले छुदैन्। महिला मानव अधिकार रक्षक सञ्जाल रुकुम पश्चिमकी ब्युझना पुन भन्छिन, अझै पनी वेरोजगार महिलालाई काम दिन मान्दैनन्। यदी काम दिहाले पनि दक्षता अनुसारको पारिश्रमकि पाउँदैनन्। सामाजिक विभेद अझै पनी अन्त्य भएको छैन्। शक्ति र पहुँचवाला महिलाहरु न्यायका लागी लडिरहदा पहुँच नहुने महिलाले बिभिन्न असमानता र हिँसा सहेर बस्न बाध्य छन्। पुरुषभन्दा महिला कमजोर हुन्छन् र उनीहरुले पुरुष बराबर काम गर्न सक्दैनन् भन्ने मानसिकता नहटेकाले श्रमिक ज्यालामा एकरुपता हुन नसकेको अध्यक्ष पुनले बताइन् ।

    नारी दिवसको उल्लासले शहरका कार्यक्रमहरू र र्‍यालीहरूलाई रंगीन बनाउँछ। तर, उत्सवले जाजरकोट, डोल्पा, रुकुम, रोल्पा जस्ता ग्रामीण भेगमा बिहान सबेरै उठेर घाँसदाउरा गर्न लागिपरेकी श्रमिक महिलाको जीवनलाई भने खासै छोएको देखिँदैन। जाजरकोटको तल्लुबगरमा पल्लिदारको काम गर्छिन बलि शाह उनलाई पनी यो उत्सवमा हर्ष छैन्। उनका लागी नारी दिवस बिहानै उठेर गोठको स्याहार, घरको काम सकेर पुलमाथि बाट सामान बोक्नु हो । दिनहुँ झोलुङ्गे पुल वारी बाट पुल पारी लिएर भारी बिसाए मात्रै उनलाई थकाइ मेटान हुन्छ । पल्लिदार गरेरै जिविको चलाइरहेका शाह जस्तै हजारौँलाई महिला लाई यो दिवसको उल्लास छैन्।

    श्रमको उचित मूल्य, सीप विकासका तालिम, र आर्थिक पहुँचको सुनिश्चितता नै महिला सशक्तिकरण लागी पहिलो अभ्यास भएको जाजरकोटको नलगाड नगरपालिका महिला तथा बालबालिका शाखामा कार्यरत ज्योति रावल बताउँछिन्। कानुनमा ‘समान कामका लागि समान ज्याला’को व्यवस्था गरिए पनि लैङ्गिकरुपमा ज्यालामा तलमाथि गर्ने गरेको उनी बताउँछिन्। जाजरकोटमा महिला मजदूरले पुरुषको भन्दा आधा कम ज्यालामा नै काम गरिरहेका छन्। यसरी लैङ्गिकरुपमा ज्यालामा विभेद गर्नेलाई कडा कारवाही गरिनुपर्ने बताइन् । संवैधानिक रूपमा नै महिलालाई समान हैसियतको नागरिकका रूपमा स्वीकार नगरे सम्म श्रमिक महिलाहरु ओझेलमा पर्ने देखिन्छ ।

    • नारी दिवस
    आइतबार, फागुन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला
    कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
    आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
    आज घट्यो सुनको मुल्य
    विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    लोकप्रिय

    • १.
      रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी

    • २.
      आठबिसकोट ३ पहिलो सफा तथा स्वच्छ वडा घोषणा

    • ३.
      रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई युवा पक्राउ, मोटरसाइकल नियन्त्रणमा

    • ४.
      सुनको मुल्यमा भारी वृद्धि

    • ५.
      विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको सानदार जित

    • ६.
      किन नाचिन्छ भूमे नाँच ? यस्तो छ रहस्य

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्यमा हाल सम्मकै भारी गिरावट आज १० हजार घट्यो प्रतितोला

    • २.
      कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

    • ३.
      आज पनि प्रतिनिधिसभा बैठक बस्दै, यस्ताे छ कार्यसूची

    • ४.
      आज घट्यो सुनको मुल्य

    • ५.
      विश्वकप फुटबल: इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    • ६.
      नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा सम्मान सम्पन्न

    • ७.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    • ८.
      विश्वकप उपाधी दाबेदार पोर्चुगल कंंगोको खेलमा बराबरीमा रोकियो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.