हाम्रो सुर नमिल्नु, ताल नमिल्नु, विचार नमिल्नु, सपना नमिल्नु तिम्रो खुशीयाली शहरसँग मेरो उजाड मरुभूमी नमिल्नु। तिम्रो प्रेमको वर्षातले मेरो मन रुझाउन नसक्नु। तिमी मेरै भएर पनि टाढाको आकाशझैं लाग्नु, म तिम्रो भएर पनि शून्यतामा हराउनु। जसरी– दुई किनार नमिलेरनै बनेको हो नदीको अस्तित्व र रात र दिन नमिलेझै हामीले बुझेका छौं ।समयको महत्वहो, त्यसैगरी–तिमी र म नमिल्नु पनि, केहि मिल्नु थियो । जस्तो – कुनै एउटा प्रेमिलयादहरू।केहीनमिल्नु पनि त, धेरै कुरो मिल्नु हो। कुनै दिन तिमी भेटियौ भने, सिर निहुराएर अन्तै हेरिदिन्छु। नदेखेझैं गरिदिन्छु। देखिहाल्यौ, बोलायौ भने, नसुनेझैं गरिदिन्छु। अपरिचित बनिदिन्छु।सोध्यौ तिमीले भने, “सन्चै छ,” जस्तो भानपारिदिन्छु। सबै कुरा हाँसेरै टारिदिन्छु। साथी मात्र थियौं जस्तो गरिदिन्छु। आँसुहरू आँखामा रोकी दिन्छु। जीवन एक फूलबारी हो। कसैले पानी हालेर सिँचाई गर्छ, कसैले फूल टिपेर खुशी हुन्छ। इज्जत जहिले पनि इमानदारहरूले गर्छन्। जसलाई आफ्नो इज्जत हुँदैन, उसले अरूलाई के इज्जत दिन्छ?जिन्दगीमा एउटा कुरा थाहापाइयो– हाँस्न, रमाउन, र सफल हुनका लागि कसैको साथ भन्दापनि आफ्नै आँट र साहस चाहिने रहेछ।
निस्वार्थी छु, त्यसैले यो स्वार्थीहरूको भिडबाट बेग्लै छु। देखावटी राम्रो बन्नजान्दिन, खोक्रो शहरमा खुशीखोजिरहेको मूर्ख मान्छे जस्तो महसुस हुन्छ। के गुमाएँ, के पाएँ, अनिमैले के सम्हालेर राखेको छु?आफ्ना सम्पूर्ण खुशीहरू धितो राखेर ऋणमा सास फेरिरहेछु। बाध्यताहरूको शहरमा मैले मेरो रहरहरूको बलि चढाएको थिएँ।
तर आफ्नोपन कहाँ गुमाएँ? कुनै बेला बिना सुत्र पाइला चालेर जसरी हाँसो फिँजाउँथ्य, आज निसासिन्छ मन, आँसुमा ढलेर। समयले सायदै फेरि भेटाउनेछ, तर आत्मा रहन्छ, एक–अर्कासँग जेलिएर।
तिमीले मलाई आफ्नो बनाउन सक्दिनौ, तर पनितिमी मेरो मनमाछौं । तिमी सँग बोल्दा–बोल्दै थाहा भएन, तिमी आदत बनिसके छ्यौ। बरु नआऊ मेरो सामु, नबोल मसँग। अझ धेरै चोट नदेऊ यो मनलाई। किनकि अबदेखि जिन्दगीभर तिमीलाई सम्झने यो मन नै त हो। जब अरूको आवश्यकतामा प्रयोग भइन्छ, अनि आफूलाई खाँचो पर्दा एक्लै भइन्छ, त्यसपछि एक्लोपन नै आनन्द लाग्छ। जिन्दगी पनि घाम जस्तै रहेछ— उदाउँदा उज्यालो किरण ल्याउने, अनि अस्ताउँदा अन्धकारमा हराउने।
चर्किएको सिसा हूँ म, फुटाएर जाऊ, टुक्रा–टुक्रा बनाएर अझै टुटाएर जाऊ। धुजाधुजा भएपछि फेरि कहाँ जोडिन्छ र? बरु परैबाट तर्किएर जाऊ। प्रेम आजपनि उसैसँग छ, जससँग अब कुनै सम्बन्ध नै छैन। तिम्रो हाँसोले मेरो मनको हरियालीलाई उजाड मरुभूमी बनायो, तिम्रो मौनताले मेरो संसार नै शून्य पारिदियो।
तिमी अब सम्झनाको बन्दै गएको तस्बिर हौ, जसलाई म दिनहुँ हेर्छु तर कहिल्यै छुने सक्दिन। तिम्रो यादहरू मेरो धडकन सँग मिसिएर बगिरहन्छन्, र म सधैंभरी त्यो यादहरूको कैदी भएर बाँच्छु। कसैले हात समातेर खोलो तर्ने क्षण सम्झिँदा अझै पनि भित्रकतै न्यानो महसुस हुन्छ। ती दिनहरू, ती विश्वासका पलहरू, अनि तिम्रो आँखामा सजिएका सपनाहरू.. एक किसिमको पवित्रता बोकेका थिए। तर समयसँगै अनुभूति भयो, सम्बन्ध त गणितको हिसाब जस्तो हुन थालेछन् भन्नेहरू धेरै छन्, तर म त आजपनिविश्वास गर्छु ।
सम्बन्ध नाफा–नोक्सानको कारोबार होइन।
हिजो तिमीलाई देवता झैं मानेर पूजा गरेँ, तिम्रो खुशीमा आफैलाई हराएकाहरु, तिम्रो दुःखमा काँध थाप्नेहरु,जीवनका ती अध्यायहरूमा कहिल्यै स्वार्थको हिसाब राखिएन। किनकि मैले बुझेको प्रेमको परिभाषा यस्तो छ, जहाँ एकअर्काको मनको पूजा गरिन्छ , स्वार्थको तुलोमा तौलिदैन। सम्बन्ध बनाउनेहरूको मन साँचो हो भने त्यो कुनै मोलतोलमा बिक्दैन। तर अहिले देख्नथालेँ, जता ततै आरोप, अपमान, अनि नचाहिएका शब्दहरूको वर्षा,मन चिसो हुन्छ । जब जसलाई सम्मान गर्दै जिन्दगीका कठिन मोडहरूमा साथ दिएको थिएँ । उनैले कुभलो चिताउन थाले। भित्र कतै पीडा बस्छ, जब ती नजिक भनिएकाहरूले साथ छोड्छन्। अझ अचम्म त के भने, सामाजिक सञ्जालका भीडमा रमाउनेहरूसँगै आज तिमी रमाउन थालेकी छ्यौ।
“विश्वास टुट्दा आवाज हुँदैन, तर त्यसको प्रतिध्वनि धेरै टाढासम्म गुञ्जिरहन्छ।“तर विश्वास गर, म तिमीलाई दोष दिन्न, किनकि म अझै पनि सोच्दछु— सम्बन्धको मूल्य आरोपबाट होइन । माया र समझदारीबाट तय हुन्छ। म कहिल्यै सोध्दिन कि किन टाढा भयौ, किन बदलियौ? किनकि म सँग फुर्सद छैन । नचिनेका बाटाहरूको खोजी गर्न।“राखिएका अपेक्षाहरू भन्दा खाली हात फर्कनु दुःख होइन। फेरि पनि माया गर्न सक्ने साहस हराउनु दुःख हो।“जसलाई एक समय देवता ठानेर हरेक दुखमा सम्मानको माला चढाएँ, आज त्यही मान्छे बारम्बार शब्दको वाणले घाइते पार्दैछ। मौन बस्नु कमजोरी होइन, शान्तिको खोज हो।“मौनता भनेको हार होइन, मन भत्कन नदिन अपनाइएको शान्तिहो।“तर हेर, कहिले सम्म चुपलाग्ने?मनको आँगनमा जोगाएको इज्जतलाई लात हान्नेहरूलाई समयले आफैं उत्तर दिनेछ। किनकि हरेक चोटको हिसाब राख्ने समय कहिल्यै अन्धो हुँदैन।“
मसँग समय छैन हल्लाहरूको पछाडि लाग्न। म त यहाँ आज पनि आफ्नै साँचो मन बोकेर हिँडिरहेको छु। हिजोकै जसरी कहिलेकाहीँ लाग्छ। तिमीले देखेको संसार र मैले भोगेको संसार आकाश–पाताल फरक रहेछन्। सुन न, जीवनको यात्रामा कहिले काहीं गाडी रोकिन्छ। त्यो हारका लागि होइन, विश्रामका लागि हो। तर सम्झनु, गन्तव्य छुट्दैन। म आज पनि यही चाहन्छु । कि जसरी तिमीले मेरो हात समातेकी थियौ। त्यसरी नै तिम्रो यात्रा पवित्र रहोस्।, सकारात्मक सोचसँग अघि बढिरहोस्।किनकि म त्यस्तो मान्छे होइन। जसले गधाको बच्चालाई कमेरो दलेर गाई बनाउने सपना देख्छ। म त अझै पनि सम्बन्धलाई सौहार्द र सम्मानको आँखाले हेर्ने मान्छे हुँ।“कहिलेकाहीँ आफैंलाई सम्हाल्न अरूको साथ चाहिँदैन। थोरै शान्ति र धेरै धैर्य काफी हुन्छ ।“ यो संसारलाई आफ्नै मुठीमा समाएको झुटो घमण्ड गर्नेहरूलाई मैले धेरै देखेँ।“जसलाई आफ्नो जिन्दगीको सबभन्दा अग्लो थलोमा राखियो। उसको नजरमाआज दोषीबन्नु पर्ने रे! खै किनयति धेरै थिच्नखोजिन्छ । नबोलेको जुर्ममा?जसले सधैं राम्रै सोचे, उसैले किनयति धेरै सास्ती भोग्नुपर्छ?याद रहोस्। म त अझै पनि अपमान बेच्ने व्यापारमा छैन। तर आत्मसम्मान जोगाउन सकिन्छ। आवश्यक परे मौनता तोडिन्छ।
मनलाई अझै बाँधेर राखेको छु। नत्रशब्दहरू पनिकहर बन्न सक्छन्।“ तर म तिमीलाई केवल यति सम्झाउन चाहन्छु । दिउँसो रातको अनुभूति नगर्नु। होसमा बस्न सिक, निद्राबाट बिउझ एकचोटि छातिमा हात राखेर आत्मसमिक्षा गर । “चोट दिनेहरूले कहिल्यै बुझ्दैनन्, चोट सहेर बाँचेका मनहरू कति गहिरा हुन्छन्।“किनकि विश्वास गुम्दा साँचो सम्बन्धहरू टुट्छन्। अनिजीवनभर त्यो भत्किएको पुल मर्मत गर्न सकिँदैन।
अझै पनि केही सम्बन्धहरूलाई दिलको कुनामा उस्तै जोगाएर राखिएको छ। तर समय–समयमा सम्झन दिइन्छ, शान्ति खोज्नेहरूलाई पनि दोषी बनाउने खेल सजिलै चल्दैछ। नबोलेको अर्थ कमजोरी होइन ।, नचाहेका कुरामामोलतोल गर्न नआएको मात्रै हो। कहिलेकाहीँ विश्वासको जगमा आँधील्याउनेहरू आफैं हराउँछन्, र मौन बस्नेहरूलाई समयले सबैभन्दा ठुलो आवाज बनाइदिन्छ।“
अन्तमा, विश्वासका आँगनमा आँधी ल्याउनेहरू एक दिन आफैं थाक्छन्। तर मौनताले समयसँगै आफ्नै शक्तिशाली उत्तर दिन्छ। त्यसैले मन सफा राखौँ, सोच सकारात्मक बनाऔं र हरेक सम्बन्धमा इमानदारीका साथ अघि बढौँ। किनकि अन्त्यमा जित त सधैं सहनशीलता, समझदारी र सत्यताको नै हुन्छ।“ तिमीले जुन संसार देखिरहेकी छ्यौ । त्यो सपनाजस्तै छ। तर म यहाँ उभिएको छु । यथार्थको जमिनमा नफर्किने बाटाहरू नदेखेझैँ गर । म फर्केर हेर्दिन, तर तिम्रो यात्रा शुभ होस् भन्ने प्रार्थना सधैं गर्नेछु ।
लेखकः रेशमबहादुर खड्का
सचिव, नेपालपत्रकार महासंघ, जाजरकोट ।