• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, असोज ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ५. भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

  • ६. देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

  • ७. बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

  • ८. दशैको मुखैमा बाढीपहिरोले यी मुख्य सडक अवरुद्ध

  • ९. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • १०. सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन

  •   बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
  • कञ्चनपुरः कृष्णपुर नगरपालिकामा सञ्चालित ‘नागरिकसँग नगरप्रमुख’ कार्यक्रमअन्तर्गत स्वास्थ्यकमीले नगरबासीको घरमा पुगेर सेवा दिन थालेका छन् । नगरबासीको स्वास्थ्य परीक्षण गर्न चार वटा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

    Advertisement

    स्वास्थ्य सेवा नगरबासीको पहुँचमा पुर्‍याउनका लागि कार्यक्रमलाई निरन्तर दुई वर्षदेखि सञ्चालन गरिँदै आइएको नगरप्रमुख हेमराज ओझाले बताए । ‘स्वास्थ्य सेवाबाट कोही पनि नगरबासी वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यका साथ यो कार्यक्रमलाई अघि बढाएका छौँ’, उनले भने, ‘अति विपन्न परिवार, दलित, मुक्त कमैँया, मुक्त हलिया, आरक्ष विस्थापित, सुकुम्बासीलगायतको घर दैलोमा पुगेर स्वास्थ्यकर्मीसहितको टोलीले सेवा उपलब्ध गराउन थालेका छन् ।’

    स्वास्थ्यकर्मीको टोलीले मधुमेह, उच्च रक्तचाप, मृर्गौलालगायत नसर्ने रोगको परीक्षण गरिरहेका उनले जानकारी दिए । उनका अनुसार अन्य रोगका बारेमा पनि स्वास्थ्यकर्मीले स्थानीयलाई परामर्शसँगै निःशुल्क औषधि उपलब्ध गराइरहेका छन् । कार्यक्रम सञ्चालनका लागि चार वटा स्वास्थ्यकर्मीको टोली बनाएर वडावडामा परिचालन गरिएको छ ।
    कार्यक्रमअन्र्तगत ३० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षणमार्फत रिपोर्ट तयार गरी त्यसका आधारमा उपचारका लागि सिफारिस गरिने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रतनबहादुर विष्टले बताए । उनका अनुसार दुई महिनासम्म सञ्चालन हुने अभियानअन्तर्गत ७० हजार नागरिकलाई सेवा दिने लक्ष्य राखिएको छ ।
    गत वर्ष सोही कार्यक्रमअन्तर्गत अभियान सञ्चालन गरी २५ हजार बढीलाई सेवा दिइएको थियो । कार्यक्रम सञ्चालनका लागि रु १५ लाख बजेट परिचालन गरिएको छ । परिचालन गरिएको बजेटबाट स्वाथ्यकर्मीको तलब, उपकरण, औषधिलगायत खर्च गरिने नगर कार्यालयले जनाएको छ । यो कार्यक्रमसँगै नगरपालिकाले कृष्णपुर स्वास्थ्य चौकीको स्तरोन्नति गरी २४सैँ घण्टा चिकित्सकीय सेवा उपलब्ध गराउँदै आएको छ ।
    अस्पतालमा पुग्ने बिरामीको उपचारका लागि विशेषज्ञ चिकित्सकको व्यवस्था मिलाइएको नगरको स्वास्थ्य शाखाका प्रमुख विष्टले उल्लेख गरे । सुत्केरीलाई बर्थिङ सेन्टरसम्म पुर्‍याउन र दुर्घटना हुँदा उपचार आवश्यक भएकालाई एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने व्यवस्था गरिएको उनले बताए । रासस

    • नागरिक संग नगरप्रमुख
    बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च
    कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान
    नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ५.
      भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    • ६.
      देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

    भर्खरै

    • १.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • २.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ३.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ४.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ५.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ६.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • ७.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ८.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.