• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, जेठ ०६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

प्रतिनिधि सभाको बैठक बस्दै

नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?

रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

बढ्यो सुनको मूल्य

दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

पुगेन सचेतना: रोकिएन जंगली च्याउ खाँदा अकालमा मृत्यु हुने क्रम, तीन चेपाङ बालबालिकाले गुमाए ज्यान

लोकप्रिय समाचार

  • १. जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

  • २. पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

  • ३. बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

  • ४. फोन मार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

  • ५. दल त्यागपछि रुकुम पश्चिमका १४ जनप्रतिनिधिको पद रिक्त

  • ६. रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

  • ७. गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाले बढ्दै आठबिसकोट पिसजोन एजुकेशनल एकेडेमीको लोकप्रियता

  • ८. घरघरमा पुर्‍याउन थालियो राहदानी

  • ९. प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्नै नीति तथा कार्यक्रम सुन्ने धैर्यता भएन- सांसद शर्मा

  • १०. पहिरो आउँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

५० घरपरिवार एकै साथ गाउँ फर्किएर कृषिमा लागेपछि गाउँ नै बन्यो हराभरा


  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • भाग्य लहरमा लहरी–लहरी

    Advertisement

    पुगेँ म यस मरुस्थलमा कसरी

    तर खेद छैन तिम्रो आकृति

    लेखिएको छ यो हृदयभरि !

    मेरो प्यारो ओखलढुङ्गा !

    युगकवि सिद्धिचरण श्रेष्ठले कवितामार्फत भने झैँ ‘मरुस्थल’ जाने अनि प्राकृतिक आकृति खण्डहर जस्तो हुने परिणति उहाँको ‘प्यारो ओखलढुङ्गा’ ले भोगिरहेको छ । वैदेशिक रोजगारी, निजामती सेवा र सहरी क्षेत्रको आकर्षणले गाउँ रित्तै भए ।

    तर ‘जन्म दिने आमा र जन्मिएको माटो कहिल्यै नभुल्नू’ भन्ने उद्गारलाई चरितार्थ गर्दै ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ को चुहानछापका ५० घरपरिवार एकैसाथ गाउँ फर्किएका छन् । कृषि उद्यममार्फत आर्थिक रूपान्तरणको नवीन सङ्कल्प बोकेर गाउँ फर्किएका नेपाल सरकारका सेवानिवृत्तदेखि विभिन्न क्षेत्रमा सेवा गरेका गाउँबासी चुहानछापलाई हराभरा बनाउन जुटेका हुन् ।

    रोजगारी, अध्ययन र व्यापार व्यवसाय गर्ने उद्देश्य बोकेर २०६० सालदेखि स्थानीयवासीले गाउँ छाड्न थाले । काठमाडौँसहित विभिन्न सहरमा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्नेको सङ्ख्या ८० प्रतिशतभन्दा माथि पुग्यो । समग्रमा, गाउँ रित्तिँदै गयो । चुहानछापवासी काठमाडौँ, धरान, इटहरी, विराटनगर र बुटवलका बासिन्दा बने ।

    ‘गाउँ फर्क’ अभियानको परिणाम

    ३० वर्षअघि ओखलढुङ्गाको चुहानछाप गाउँ हरियाली हराभरा थियो । खेतीयोग्य उर्वर जमिनमा स्थानीयले मानो रोपेर मुरी उब्जाउँथे । १५० घरपरिवारले पशुपालनबाट पनि मनग्गे आम्दानी गर्थे । साविक ठुलाछाप गाउँ विकास समितिको चुहानछापमा अधिकांश सुतार कार्कीको रजगज थियो ।

    हराभरा गाउँ उजाड हुँदै गयो, उर्वर जमिन बाँझिए । गाउँको स्वरूपै बदलिएर जङ्गलले ढाक्यो तर रोजगारी, अध्ययन आदिका लागि गाउँ छाडेका युवा उमेर ढल्किँदै गएपछि ‘गाउँ फर्क’ अभियान चलाएर आफ्नो जन्मथलो फर्किए । सरकारी जागिरबाट सेवानिवृत्त भूपेन्द्र कार्कीका अनुसार सुन्दर गाउँ उजाड बनेपछि बसाइँ हिँडेकाहरूसँग पटक पटक संवाद गरेर गाउँ फर्किने अभियान सञ्चालन गरिएको हो । उहाँको घर काठमाडौँमा पनि छ तर उहाँले गाउँ फर्किएर आफ्नै संयोजनमा ‘गाउँ फर्क’ अभियान चलाउनुभएको छ ।

    काठमाडौँ, ललितपुर, भक्तपुर, धरान, इटहरी, विराटनगरसहित सहरमा गएर बसेका ५० परिवार गाउँ फर्किएका छन् । उहाँका अनुसार अरू घरपरिवारलाई पनि फर्काउने तयारी भइरहेको छ । कार्कीकै नेतृत्वमा कालिकादेवी बहुउद्देश्यीय कृषि तथा पशुपालन कृषक समूह गठन गरेर पशुपालनका लागि फार्म, तरकारी खेतीका लागि टनेल निर्माण, बाख्रापालन, फलफूल खेतीलगायतको कामको थालनी गरिएको छ ।

    सुरुमा ४० वटा राँगापालन गर्न भेटेरिनरी तथा पशुविज्ञ केन्द्र ओखलढुङ्गाको समन्वयमा धमाधम गोठ निर्माणको काम भइरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँले सिँचाइको व्यवस्थापन गर्न पानीको स्रोत भएको खेत खरिद गरिएको बताउनुभयो ।

    कृषि उद्यम थाल्दै

    कृषि ज्ञानकेन्द्र साथै अन्य कार्यालयको समन्वयमा तरकारी खेतीका लागि पाँच वटा टनेल निर्माणको काम सुरु गरिएको छ । स्थानीय पदमबहादुर कार्कीका अनुसार रोजगारी खोज्दै सहर तथा बिदेसिएका युवालाई गाउँ फर्काएर उजाड भूमि हराभरा बनाउन थालिएको छ । उहाँले दक्ष युवा जनशक्तिलाई गाउँमै अवसर सिर्जना गरी स्वरोजगार बनाउने अभियानका साथ काम भइरहेको बताउनुभयो । उहाँले युवालाई व्यावसायिक पशुपालन, तरकारी खेती, माछापालन, बेसार, अदुवा खेतीलगायतको काम गर्न प्रोत्साहन गरिएको बताउनुभयो । उहाँले स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग बजेट लिएर काम अघि बढाउने प्रयत्न भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमै उद्यम गर्ने उद्देश्यले गाउँ फर्किएका हौँ । सरकारले सहयोग र प्रोत्साहन गरे यहाँबाटै लाखौँ कमाउने बाटो खुल्छ । युवाले रोजगारी पाउँछन् ।”

    सिद्धिचरण नगरपालिका–२ का वडाध्यक्ष वसन्त कटुवालले गाउँ फर्केर आएकालाई विशेष अभियान र कार्यव्रmम सञ्चालन गरेर सहयोग गरिने बताउनुभयो । उहाँले खानेपानी, सडक, व्यवसाय सञ्चालन गर्न आवश्यक भौतिक सामग्री र राज्यबाट व्यवस्था गर्न सकिने जति सहयोग गरिने बताउनुभयो । उहाँले चुहानछापका ९८ परिवार गाउँ छाडेर गएकोमा ५० परिवार फर्किएको र अरू पनि फर्किने क्रममा रहेको बताउनुभयो ।

    वडा कार्यालयले केही परिवारले बसाइँसराइ गरेरै फर्किएको जनाएको छ । नेपाल सरकारको कर्मचारी सेना, प्रहरी, शिक्षकलगायत वैदेशिक रोजगारी साथै अन्य रोजगारी, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा अधिकांश स्थानीय पलायन भएका थिए । करिब चार वर्षदेखि ‘गाउँ फर्क’ अभियान सञ्चालन भइरहेको छ । यो खबर आजको गोरखापत्रमा छ ।

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधि सभाको बैठक बस्दै
    नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने
    रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा
    गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?
    रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो
    बढ्यो सुनको मूल्य

    लोकप्रिय

    • १.
      जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्की लाई तत्काल पक्राउ गर्न माग

    • २.
      पुर्व मन्त्री साउदलाई जोडेर फैलाइएका भ्रमप्रति सचिवालयको ध्यानाकर्षण अनावश्यक आरोप बन्द गर्न आग्रह

    • ३.
      बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

    • ४.
      फोन मार्फत सरकारी कर्मचारी धम्क्याउने रास्वपा कार्यकर्ता खड्का पक्राउ

    • ५.
      दल त्यागपछि रुकुम पश्चिमका १४ जनप्रतिनिधिको पद रिक्त

    • ६.
      रुकुम पश्चिमका अलपत्र पक्की पुल कहिले बन्छन सरकार ? सांसद शर्मा

    भर्खरै

    • १.
      प्रतिनिधि सभाको बैठक बस्दै

    • २.
      नदी किनारबाट हटाइएका सुकुम्वासीलाई सरकारले २५ हजार दिने

    • ३.
      रास्वपाको नगर समिति द्वारा सामूहिक राजीनामामा

    • ४.
      गर्मी समय र मौसम परिवर्तन: स्वास्थ्यमा आउने समस्याको समाधान कसरी गर्ने ?

    • ५.
      रुकुम पश्चिमका विवादित सिडिओ थानीको सरुवा, नयाँ प्रजिअ मा गौतमलाई खटाईयो

    • ६.
      बढ्यो सुनको मूल्य

    • ७.
      दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    • ८.
      सांसद कृष्णकुमार कार्कीलाई स्पष्टीकरण सोध्ने रास्वपाको तयारी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.