आठबिसकोट । रुकुम पश्चिम मा आयोजित अल नेपाल खुला पुरुष डबल ब्याडमिन्टन विधाको फाईनल खेल नवराज मल्ल र मुस्कान केसीले जित हात पारेका छन्।
Advertisement
जिल्लाको मुसिकोट नगरपालिका –१ मा बुधबारदेखि जारी विभिन्न पाँच विधाको ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत बिहिबार बेलुका भएको फाईनल खेलमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ का नवराज मल्ल र मुस्कान केसीको जोडी विजेता बनेको हो।
उनीहरुले दाङका हिमांसु कुँवर र विवेक चौधरीको जोडिलाई हराउँदै बिजेता बनेका हुन्। जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको तेस्रो संस्करणको ब्याडमिन्टन प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिश्पर्धा भईरहेको छ ।