काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-९ निवासी नरदल खत्रीलाई उपचारको लागि आर्थिक अभाव भएको छ । लामो समय देखि उपचाररत खत्री आन्द्रामा क्यान्सरको रोगबाट ग्रसित भएका छन्।
Advertisement
चितवन, नेपालगन्ज लगायतका अस्पतालहरुमा उपचार सम्भव नभएपछि उनलाई अहिले काठमाडौं को महाराजगन्ज स्थित शिक्षण अस्पतालमा भर्ना गरिएको छ । चिकित्सकका अनुसार एकमहिना सम्म अस्पतालमा राख्नुपर्ने भएकाले खत्रीको उपचारमा आर्थिक अभाव देखिएको हो ।
उनलाई सहयोग गर्न उनका ज्वाई सुदिप बिष्टको नाममा रहेको प्रभु बैंकको खाता नम्वर 2607039692600018 अथवा क्युआर गरेर सहयोग गर्न सकिने परिवारले बताएका छन्। आन्द्रामा क्यान्सर भएपछि उनको अहिले शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
