घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय च्याम्पियनसिपमा लेबनानविरुद्ध जित निकाल्दै नेपाल एक खेलअघि नै फाइनल प्रवेश गरेको छ ।
Advertisement
दशरथ रंगशालामा लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालको जितमा फरवार्ड सावित्रा भण्डारीले ४२औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
नेपालले यसअघि किर्गिस्तानलाई १-० ले पराजित गरेको थियो। आजको जितसँगै नेपालले म्यानमारसँगै फाइनलमा स्थान सुरक्षित गर्यो।