• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, फागुन २५, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

गुल्मिबाट सागर ढकाल निर्वाचित

रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

लोकप्रिय समाचार

  • १. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • २. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

  • ३. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • ४. रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

  • ५. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ६. एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

  • ७. सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

  • ८. साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

  • ९. समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

  • १०. जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

भारतमा प्रकृति मृत्यु प्रकरण : प्रधानमन्त्री लाई समेत छैन चासो


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । बुटवलकी २० वर्षीया प्रकृति लम्सालको भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) होटेलमा अचानक मृत्यु भएको छ । उनी उक्त कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत थिईन्। उनको शव रक्ताम्मे अवस्थामा फेला परेको थियो । मृत फेला परेपछि कलेजमा हंगामा समेत भयो ।

    Advertisement

    नेपाली विधार्थी भारतमा गएर निर्मम तरिकाले मर्छन्। तर नेपालका प्रधानमन्त्री लाई भने राजनितिकै पिर छ । सोही दिन प्रधानमन्त्री केपि शर्मा ओलि दाङ गएर आफ्ना नेता शंकर पोख्रेललाई चुनावमा नजिताएको भनेर दुख ब्यक्त गरे तर उनले प्रकितिको मृत्यु बारे केही बोलेनन्। उनका परिवारलाई समेत भेटेनन्। पछिल्लो समय युटुवे र टिकटकर सँगको भेटघाटमा निकै व्यस्त देखिने प्रधानमन्त्री लाई आफ्ना नेपाली विधार्थीले मृत्युवरण गर्दा समेत चासो राखेनन्।

    यता भने भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

    दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ । दूतावासले ओडिसा राज्य सरकारसँग सम्पर्कमा रहेको र स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । कलिंगा इन्स्टिच्युटले नेपाली विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन, आफ्नो कक्षा पुनः सुरु गर्न र छात्रावासमा बस्न अपिल गरेको छ ।

    कलिंगा इन्स्टिच्युटले विद्यार्थीहरूलाई शैक्षिक रूपमा परेको क्षतिको पनि जिम्मेवारी लिने आश्वासन दिएको दूतावासले जनाएको छ ।

    प्रकृति आइतबार अपराह्न ४ बजे होस्टेलको क्युसिफो बिल्डिङमा मृत भेटिएकी थिइन् । प्रकृतिले सोही विश्वविद्यालयकै विद्यार्थी अद्विक श्रीवास्तवले आफूलाई दुव्र्यवहार गरिरहेको भन्दै उजुरी दिएकी थिइन् । तर, प्रशासनले उनको निवेदनलाई गम्भीरतापूर्वक लिएन । 
    प्रधानमन्त्री ओलिले घटनाको ध्यान नदिएको भन्दै पत्रकार राजेन्द्र बानियाँ लेख्छन

    सम्माननीय प्रधानमन्त्रीज्यू,
    तपाईं सुन्नुहुन्न,तपाईलाई सुन्ने फुर्सद पनि छैन।यति ब्यस्त हुनुहुन्छ अन्तर्वार्ता दिन र अन्य सामाजिक सन्जालकर्मीहरुसङ्ग।अन्तर्वार्तामा पनि गज्जब प्रश्नको सामना गर्नुभएको छ- जेल जाँदा खुसी या दुख कस्तो लाग्यो?सायद तपाईं र तपाईजस्ता नेताले सुन्न र जवाफ दिन चाहेको प्रश्न यहि हो।
    हिम्मत छ भने हाम्रा र हामीजस्ता मान्छेको प्रश्नको जवाफ दिनुस् ।हुन त किसानको पीडासहितको बिचौलियाको बिल र ब्याबहारको विवरण पठाउँदा त तपाईं,तपाईको सचीवालय अनि सरकारले मज्जा मानेर बस्यो,अनि के आशा गर्नु?तर पनि तपाईं मैले र मजस्ता जनताले तिरेको करबाट तलब सुबिधा लिनुहुन्छ। यहाँसम्म कि तपाईं सुत्ने खाट र तपाईको औषधी पनि हाम्रो पैसाबाट आउने हो। तसर्थ,प्रश्नको जवाफ तपाइले दिनैपर्छ।
    आज भारतमा हाम्री छोरी प्रकृति लम्सालमाथी जे भएको छ,त्यसपछिको घटना हाम्रा बालबालिकाले जे भोगिरहेका छन् ,यस बिसयमा तपाईको जवाफ चाहिएको छ।जतिबेला यो घटना सतहमा आयो- तपाईं त्यतिबेला लुम्बिनी प्रदेश सभामा बाकावीरको कथा भन्दै हुनुहुन्थ्यो( बाकावीर प्रती मेरो अगाध सम्मान छ)। दाङ्गमा गएर तपाईको महासचिवलाई हराउने दङ्गाली जनतालाई खिसिटिउरी गर्दै हुनुहुन्थ्यो प्रधानमन्त्री ज्यू।
    खासमा एउटा बाउका रुपमा म चाहन्थेँ त्यतिबेला तपाइले प्रकृतिका बाबुआमा परिवारसङ्ग कुराकानी गर्नुपर्थ्यो। प्रकृतिका अभिभावक उनका आमाबाबु हुन् ,आमाबाबुका अभिभावक तपाईं । अनि आफै या परराष्ट्र मन्त्री मार्फत KIIT लाई भारतीय सरकार मार्फत हाम्रा छोराछोरीको सुरक्षाको ग्यारेन्टीका लागि भन्नुपर्थ्यो ।तर तपाईं र तपाईंको सरकार विमान दुर्घटना पछिको कार्यदल र आयोग जस्तो छ।
    अनि तपाईले सुन्नुभो ,कलेजका पदाधिकारीले हाम्रा छोराछोरीलाई कसरी धम्काए?तपाईं भन्नुहोला- हामीले बिदेश पढ्न पठाको हो र? आफ्नै रहरले त गएका हुन्?तपाईं र तपाईजस्ता राजनीतिक दल र नेताकै कारण आज हाम्रा छोराछोरी हाम्रा काखमा छैनन् ।
    कलेजमा पठनपाठन होइन,गुन्डागर्दी गर्न कसले सिकायो?कलेजको बिद्ध्यार्थीको आवरणमा बर्दीको पुलिस कुट्न कसले उक्सायो?त्यस्ता पात्र र प्रवृतिको संरक्षण कसले गर्यो?अनि १२ कक्षा पास हैन पढ्न थाल्दा नै बालबालिका कुन देश जाने भनेर किन सोच्दैनन् ?
    प्रधानमन्त्रीज्यू,यतिबेला म तपाईलाई आरोप लगाएर तपाईको ओठे जवाफको प्रतीक्षामा छैन। तपाईलाई जोश चल्यो भने ब्यक्तिगत तहमै जवाफ फर्काउनुहुन्छ।हिजो प्रभु साहले बिदेशी कामदारको प्रसङ्ग सोध्दा म म्यानपावरको एजेण्ट हो र भन्नुभो। आज मैले बिदेश जाने विद्यार्थीको सुरक्षाको कुरा गर्दा म शैक्षिक परामर्शदाता हो र भन्नुहोला?मलाई तपाईको बिरोधी,आलोचक जे भनेपनी हुन्छ तर मेरो बिन्ती छ प्रधानमन्त्रीज्यू,तपाई त्यस्तो पात्र हो जसले मोदीसङ्ग क्यानडाका टुडो झैँ कुरा गर्न सक्छ। तपाईको जन्म दिनमा मोदी केक काट्छन्, तपाई उनको जन्म दिनमा ताली बजाउनुहुन्छ अनि तपाईले नै दाबी गर्या हैन सी र मोदीको वार्ता गराउन सक्छु भनेर।
    प्रधानमन्त्रीज्यू,नेपाल र नेपाली जनतामाथी कलेज पदाधिकारीले घोर बेइज्जत गरेका छन् । उनीहरु कलेजका ब्यबस्थापक होइनन् बाउन्सर हुन् या गुण्डा । एउटी प्रकृति हत्या या आत्महत्याबाट मरिन् । अरु भारतका विभिन्न कलेजमा पढेका या पढिरहेका प्रकृतिहरु जिउँदै बारम्बार मरिरहेका छन् । उनीहरुलाई भन्दिनुस न प्रधानमन्त्रीज्यू- तिमीहरु ढुक्कले पढ्नु म छु ।

    प्रधानमन्त्रीज्यू,ती कलेज पदाधिकारीले बोलेका बिसय कुटनैतिक मर्यादाका बिसय हुन्। नेपाललाई आफ्नो प्रान्त ठान्ने या हिमालयसम्म आफ्नो सीमा मान्ने भारतीय मानसिकताको डिग्रीका सर्टिफिकेटधारी हुन् तिनीहरु। उनीहरुको सरकार मार्फत् भन्न जरुरी छ नेपाल गरिब छ तर तिम्रो कलेजमा नेपाली सित्ते पढेका होइनन् । आज नेपालका विभिन्न मेडिकल कलेजमा भारतीय बिद्द्यार्थी पढ्छन् । उनीहरुप्रती हाम्रो प्रेम र माया नेपाली छोराछोरी जस्तै छ,हुनुपर्छ। अझ मेडिकल काउन्सिल त रकम बढाउने लोभमा उनीहरुको संख्या थप्दै छ। यस्तो बेला हाम्रा छोराछोरीहरु भारत या बिकसित मुलुकमा हर दिन गरिब देशका नागरिक भएर हेपिनुपर्ने हो?तिम्रो देशको GDP भन्दा हाम्रो कलेजको बजेट धेरै छ भनेर के भन्न खोजेको भनेर सोध्ने कि नसोध्ने प्रधानमन्त्रीज्यू?
    त्यस्ता पदाधिकारीलाई कार्बाही भएको र ढुक्कले पढ्न या देश बिदेश जान पाउने कि नपाउने?न देशमा चैन भयो न बिदेशमा बेचैनीबाट छुट्कारा?नेपाली जाने कहाँ होला?
    मर्ने कसैलाई रहर हुँदैन
    मान्छे नमर्ने शहर हुँदैन ।
    #justice for prakriti.

    प्रेषक,
    प्रकृति लम्सालजस्तै छोरीको पिता
    राजेन्द्र बानियाँ

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?
    एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित
    जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक
    रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी
    गुल्मिबाट सागर ढकाल निर्वाचित
    रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    लोकप्रिय

    • १.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • २.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ३.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ६.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    भर्खरै

    • १.
      समानुपातिकको मतगणना जारी, कुन दलको कति आयो?

    • २.
      एमालेसँग गठबन्धन र उज्यालो नेपालको समर्थन हुँदा पनि जनार्दन पराजित

    • ३.
      जनार्दन शर्माको २० वर्षे संसदीय यात्रामा गोपालले लगाए ब्रेक

    • ४.
      रुकुम पश्चिममा ढल्यो जनार्दनको विरासत, गोपाल शर्मा भारी मतान्तर सहित बिजयी

    • ५.
      गुल्मिबाट सागर ढकाल निर्वाचित

    • ६.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • ७.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ८.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.