पोखरा । नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भट्टराई ( किसुनजि )को स्मृतिमा गोरखाको पालुङ्टार नगरपालिकामा किसुन जि स्मृति भलिवल प्रतियोगिता-२०८१ ’ हुने भएको छ । नेपाल विधार्थी संघ पालुङ्टारको आयोजनामा हुने उक्त प्रतियोगिता को तयारीलाई तीव्र पारिएको छ ।
Advertisement
प्रतियोगिता यहि फागुन २० गतेदेखि २१ गतेसम्म पालुङ्टार नगरपालिका-६ स्थित तालपोखरीको खेल मैदानको प्राङगणमा हुने आयोजकले जनाएको छ। उक्त प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख रुपैयाँ हात पार्ने छन्। भने दोस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छन्।
कृष्ण प्रसाद भट्टराई किशुन जि नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री थिए। उनको सम्झनामा स्मृति दिवसका अवसरमा बिभिन्न खेलकुद आयोजना तथा कार्यक्रम गरी मनाईन्छ ।