काठमाडौं । आज फेरी नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार तीनसय रुपैयाँ बढेको हो।
Advertisement
सुनको मूल्य आज तोलाको एक लाख ६९ हजार आठसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार पाँचसय रुपैयाँ थियो। हिजो मात्रै प्रतितोला दुई हजार सातसय रुपैयाँ घटेको थियो । भने आज फेरी बृद्धि भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ६५ रुपैयाँमा किनबेच भइरहेको छ। केहि दिन यता सुनको मुल्यमाथि घटबढ भैरहेको छ ।