दाङ । सल्यानमा जारी महोत्सवमा भिषण आगलागी भएको छ। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरको दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो।
Advertisement
आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मुल्य बराबरको सामान जलेर नस्ट भएको छ। १८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राति आगलागी हुँदा करोडौं मुल्य बढीको सामान जलेर नस्ट भएको हो।
महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगजानी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले जानकारी दिए। उनका अनुसार गएराति ११ बजे स्टलमा आगलागी भएको हो । आगलागीबाट ८ करोड वढिको क्षति भएको अनुमान गरिएको छ । आगलागी को कारण भने खुल्न सकेको छैन्।