काठमाडौं । बस सेवाले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरु गरेको छ । देशका विभिन्न गन्तव्यमा जाने यात्रुहरूलाई टिकट काट्दा ५०० रुपैयाँसम्मको छुट दिने अफर सुरु गरिएको बससेवाले जनाएको छ ।
‘भ्यालेन्टाइन डेमा बससेवाको अफर, भारी छुटमा घुम्न जाउँ सरर’ भन्ने नारा सहित मोबाइल एप तथा अनलाइन मार्फत बसको टिकट काट्दा छुट अफर ल्याइएको बससेवाले जनाएको छ । माघ २४ गते बिहीबारदेखि सुरु भएको अफर आगामी फागुन १० गतेसम्म सञ्चालन हुने बससेवाले जनाएको छ ।
बससेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, , लामो दुरीको टिकट काट्नेहरूले ५०० रुपैयाँ छुटमा सीधै टिकट काट्न सक्छन् । त्यसैगरी छोटो दुरी वा न्यूनतम ९०० रुपैयाँको टिकट काट्नेले ३०० रुपैयाँ छुट पाउनेछन् । चितवनभन्दा छोटो दुरीको टिकट काट्ने वा ९०० रुपैयाँभन्दा कम मूल्यको टिकट काट्नेको हकमा भने यो अफर लागू हुनेछैन । बससेवाको वेबसाइट https://bussewa.com/ बाट अग्रिम टिकट बुकिङ गर्न सकिने जनाईएको छ ।