काठमाडौं । महिनावारी पछी छाउगोठमा सुतिरेहकी कैलालीकी एक महिलालाई बाघले आक्रमण गरेको छ । जिल्लाको मोहन्याल गाउँपालिका–७ कुईनेमा आफ्नै घर नजिकै छाउगोठमा सुतिरहेकी ४५ वर्षीया सरस्वती विकलाई गएराति साढे १० बजेतिर बाघले आक्रमण गरेको हो।
Advertisement
विकलाई छाउगोठमा सुतेको बेला बाघले आक्रमण गरेपछि उनको टाउको र मुखमा चोट लागेको बताईएको छ । सुदुरपश्चिमा महिनावारी भएपछी छाउ गोठमा बस्ने प्रचन कायमै हुँदा धेरै जसो महिलाहरु असुरक्षित हुने गरेकाछन ।