काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिएसँगै उनी कडा रुपमा प्रस्तुत भएका छन्। गैरकानुनीरूपमा बसोबास गर्ने तीन जना नेपालीलाई अमेरिकाले निष्कासन गरेको छ । देश निकाला हुनेहरुमा लोकबहादुर ओली, लीलाबहादुर केसी र दीपक केसी रहेका छन्। उनीहरुलाई अमेरिकी अध्यागमनले निष्कासन गरेको हो ।
Advertisement
तिनै जना गैरकानुनीरूपमा अमेरिकामा प्रवेश गरेका थिए। एयर इन्डियाको जहाजबाट उनीहरू गत साता काठमाडौं आएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि गैरकानुनी तरिकाले अमेरिकामा बसोबास गर्ने आप्रवासीहरू विरुद्ध कडारूपमा लाग्ने बताएका छन्।