आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा राष्ट्रिय स्तर को चौथो सिस्ने रोड रेस प्रतियोगिता मा गोरखाका निरज भट्ट प्रथम भएका छन्। आज सुरु भएको रेस मा प्रथम भएको आयोजकले जनाएको छ ।
खुल्ला पुरुष महिला दौड प्रतियोगिता अन्तर्गत उनी प्रथम भएको आयोजक तथा सिस्ने ट्रेल रेस सिस्ने तेक्वान्दो डोजाङ का अध्यक्ष नरेश पुनले बताए । चौथो सिस्ने रेस आठबिसकोट नगरपालिका वडा न: ११ को सिमबजार मा भएको हो। भट्टले १ घण्टा १८ मिनेटमा २१ किलोमिटर पार गरेर प्रथम बनेका हुन्।
त्यस्तै दोस्रो दुर्गराज बुढा र तेस्रो स्थानमा रोशन राणाले हासिल गरेका छन्। आयोजकका अनुसार पुरुष तर्फ २१ किलोमिटर र महिला तर्फ १० किलोमिटर दौड भएको बताईएको छ । खुल्ला पुरुष तर्फ प्रथम दोस्रो हुनेले क्रमश ३५हजार , २३ हजार १५ हजार र ७ हजार रुपैयाँ हात पार्ने बताईन्छ । त्यस्तै महिला खुल्ला दौडतर्फ प्रथम हुनेले २२ हजार दोस्रोले १५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउने जनाईएको छ । त्यस्तै ४० वर्ष माथिका महिला पुरुषको दौड प्रतियोगिता र १५ वर्षमुनिका बालबालिका हरुको दौड रहेको अध्यक्ष पुनले जानकारी दिए ।