काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ १०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० सय रुपैयाँले बढेर १ लाख ५५ हजार ८०० रुपैयाँ कायम रहेको छ ।
Advertisement
यसअघि आइतबार छापावाल सुनको मूल्य १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको थियो । यता, आज चाँदीको भाउ भने स्थिर रहेको छ ।