काठमाडौँ– मधेशका विमल साह पशुपति छेउमा हारमोनियम सफा गर्ने गर्थे । सर्लाहीको एक गाउँ इश्वोरापुबाट २०७२ सालमा कामको लागि काठमाडौं आएका बिमल अहिले विश्वकिर्तिमानी बनेका छन्। हार्मोनियमको बादशाह विमलको नामको चर्चा अब गाउँमात्र नभएर विश्वस्तर मै लोकप्रिय छ ।
उनि हार्मोनियममा पेच कस्ने उनी अहिले त्यही हार्मोनियमले विश्वभर चर्चित बनेका छन्। उनले डाक्टरको उपाधि पाउँछन भनेर सोच्नु त झन कल्पना बाहिरको कुरा हो । तर यथार्तमा बिमल विश्व कार्तिमानकायम नै गर्न सफल भएका छन्। आफ्नो लगनसिलता र मेहनत कार्यप्रतिको निष्ठाका कारण नै आज विमल हार्मोनियममा डिजिटल ट्युनिङ गर्दै विश्व किर्तिमान रच्न सफल भएका छन् । २०४६ सालमा बुवा सत्यनारायण साह र आमा राधिकादेवी साहका सन्तानका रुपमा जन्मिएका विमल भारत , चीन , मलेसिया अस्ट्रेलिया लगायक देशको समेत भ्रमण गरि सकेका छन् ।
हार्मोनियममा वर्ल्ड बुक अफ रेकर्ड बनाउने विमल पहिलो व्यक्ति बनेका छन। विमलको अहिले चौतर्फी चर्चा भइरहेको छ । कलाकारहरुलाई नेपालमा अहिले हार्मोनियम बिग्रदा सम्झिने पहिलो व्यक्ति विमल नै हुन। उनलाई हार्मोनियमको डाक्टरको रुपमा पनि चिनिन्छ । उनी भन्छन मेरो कामले गर्दा सबैले सबैले माया गर्नुभएको छ , विश्वास गर्नु भएको छ । ‘ईमानदारी र लगन साथ काम गरे सफल हुने उनी बताउँछन्। मेहनत गरे सबै सम्भव छ र व्यक्तिलाई महान बनाउछ भन्ने उदाहरण लाई प्रष्ट पारेका विमल गायन क्षेत्रका हस्तीहरुको पहिलो रोजाई र नेपालका चर्चित संगीतकार को रोजाईमा परेका छन्।