आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट -९ मा रहेको आठबिसकोट शहकारीको छानबिन समितिले प्रतिवेदन कार्यपालिका मार्फत अनुमोदन गरी तत्काल रकम असुल गर्न का लागि न्यायिक समितिलाई जिम्मा दिएको छ । १०२ औँ कार्यपालिकाको बैठकले उक्त प्रतिवेदन अनुमोदन गरेको हो । कार्यपालिकामा प्रतिवेदन बुझाए सँगै सहकारीमा हिनामिना भएको रकम असुलका लागि न्यायिक समितिलाई बाटो खुलेको छ । सहकारीको रकम हिनामिना भएपछि देव बहादुर घर्तीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन भएको थियो ।
त्यस्तै आज बसेको कार्यपालिकाको बैठकले मदिरा विक्रि वितरण तथा नियन्त्रण कार्यविधि २०८१ लागुगर्ने , राष्ट्रपति रनिङ शिल्ड वडा नम्वर ११ को नेपाल राष्ट्रीय माविमा माघ १६,१७ र १८ गते सञ्चालन गर्ने र नगरसभा माघ १३ र १४ गते गर्ने पालिकाका प्रवक्ता देव बहादुर घर्तीले जानकारी दिए। प्रवक्ता घर्तीका अनुसार, काम भएका तर भुक्तानी हुन बाँकी योजनाको भुक्तानी गर्ने , प्रत्येक वडामा ११ जनाको स्वास्थ्य बिमा बनाउने र सार्वजनिक कार्यमा श्रमदान गराउने लगायतका निर्णय भएको बताए ।