• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

राजनीतिक चेतना र सामाजिक सञ्जाल

भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

आज सुनको मूल्य बढ्यो

सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

अन्तर विद्यालय नाटक प्रतियोगिता : सिद्वार्थ मा.वि. बन्यो प्रथम ।

लोकप्रिय समाचार

  • १. चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

  • २. सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

  • ३. न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

  • ४. उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

  • ५. उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

  • ६. राजनीतिक चेतना र सामाजिक सञ्जाल

  • ७. बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

  • ८. भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

  • ९. आज दुई संसदीय समितिको बैठक बस्दै, बाढीपछिको राहत र आपूर्तिबारे छलफल

  • १०. एनभीएलको टिकट बिक्रीबाट संकलित करिब ६ लाख उद्धार कोषमा

शहरलाई गाउँ बनाऔँ न है !


  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित
  • साथी !
    तिमी गाउँबाट सहर झर्दा
    एक मुठ्ठी गाउँले माटो लिएर आउनु है
    म एउटा गाउँ रोप्न चाहन्छु।
    मेरो आमाले घर चोखो पार्ने
    थोरै गोबर पनि नबिर्स है
    म सहर लिप्न चाहन्छु।।
    सुनन!!
    मेरो आमाले टेकेको
    पाउ मुनिको थोरै धर्ति पनि लिएर आउनु है
    म भगवान चिनाउन चाहान्छु ।

    Advertisement

    साथी !!
    सहर त जङ्गल भएछ ,
    सम्म छ, चारैतिर भिर छ
    यहाँ सिर्फ मान्छेको डर छ ।
    घाम छ, बिहानी छैन
    निद छ, सिरानी छैन
    आकास छ, सपना छैन
    गन्तव्य छ, बाटो छैन
    ढुङ्गै ढुङ्गा छ, मुटु छैन
    घरै घर छ, छिमेकी छैन
    जन्ती छ, मलामी छैन
    मन्दिर छ, भगवान छैन
    साथी छ, समय छैन
    भोक छ, बारि छैन
    शोक छ, काँध छैन
    थकान छ, चौतारी छैन।

    साथी !!!
    यहाँ दिन आँत्तिन्छ
    रात मात्तिन्छ
    यहाँ दिन मै तारा देखिन्छन्
    थरीथरीका तोरिका फुल देखिन्छन्
    तिमी आत्तिने भए नआऊ
    तिमी मात्तिने भए नआऊ
    साथी !!
    तिमी दैलो कटिसकेको हो त?
    जिम्मेवारीको झोला बोकिसकेको हो त ?
    त्यसो भए आऊ,
    फर्केर गाउँ हेर्दै आऊ
    आमाको हात शिरमा राखेर आऊ
    गाउँ नबिर्सने बाँचा गरेर आऊ,
    गाउँ फर्किने पाइला चालेर आऊ
    एकफेर ढुङ्गे धारामा जाऊ
    एक अञ्जुली पानी पिएर आऊ
    एकफेर चौतारीमा जाऊ
    मीठो सुस्केरा हालेर आऊ
    तिमी आउँदा
    गाउँकै एक चिम्टी आकास पनि लिएर आउ है
    म सुर्य उदाएको हेर्न चाहन्छु ।।।

    म चाहन्छु
    तिमी सहर टेक्दा,
    तिम्रो पाउमा गाउँकै माटो होस्
    झोलामा घट्टकै पिठो होस्
    निधारमा गाउँले आशिर्वाद होस्
    तिमीसङ्ग गाउँले भोक होस् ,
    गाउँले तिर्खा होस्
    यहाँ दिन नै अँधेरो हुन्छ
    तिम्रो उज्यालो घरकै टुकि होस् ।।।

    सहर छिरेपछि तिमी
    गाउँले नै बन है
    मेरै छिमेकी बन न है
    मेरो बिहे हुँदा
    दुनो, टपरी गाँस्न आऊ न है
    मेरो घरमा जुठो पर्दा
    काँध दिन आऊ न है
    शहरका ढुङ्गा तिखा,चिप्ला छन्
    ठेस लागेर लड्दा
    हात दिन आऊ न है।।।

    तिमी र म हामी बनौँ न है
    हामी …हामी सङ्गै गाउँले बनौँ न है
    अनि शहरलाई गाउँ बनाऔँ न है!!!

    अ-बिषेक के सि

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने
    राजनीतिक चेतना र सामाजिक सञ्जाल
    भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा
    आज सुनको मूल्य बढ्यो
    सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    लोकप्रिय

    • १.
      चलचित्र ‘बध’को छायांकन सुरु बद्री प्रसाद तिवारी गर्दैछन् फिल्मी डेब्यु ।

    • २.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ३.
      न त भदौ २३ नै भुल्न सकिन्छ, न त भदौ २४ नै

    • ४.
      उज्यालो वडाका लागि बोहराले गुहारे प्रदेश सरकार

    • ५.
      उद्योग मन्त्री यादवको राजीनामा स्वागतयोग्य : कांग्रेस नेता आचार्य

    • ६.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    भर्खरै

    • १.
      हरितालिका तीजमा बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खोल्ने

    • २.
      राजनीतिक चेतना र सामाजिक सञ्जाल

    • ३.
      भदौ २७ लाई लिएर जेनजी आन्दोलनका दुई अगुवाको फरक धारणा

    • ४.
      आज सुनको मूल्य बढ्यो

    • ५.
      सानीभेरीमा जीप दुर्घटना २ जनाको मृत्यु

    • ६.
      बाढीले बगाएका गरगहनासहित धादिङमा एक जना पक्राउ

    • ७.
      भोटेकोशी बाढीः मृत्यु हुनेको संख्या १ हजार ३८४ पुग्यो, ४ हजारभन्दा बढी अझै बेपत्ता

    • ८.
      माथिल्लो त्रिशूली–१ मा सात शव फेला, अझै सयौँ सम्पर्कविहीन

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.