आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा राष्ट्रिय स्तर को चौथो सिस्ने रोड रेस प्रतियोगिता हुने भएको छ । चौथो रेस आगामी माघ ४ गते देखि हुने आयोजकले जनाएको छ ।
खुल्ला पुरुष महिला दौड प्रतियोगिता हुने आयोजक तथा सिस्ने ट्रेल रेस सिस्ने तेक्वान्दो डोजाङ का अध्यक्ष नरेश पुनले बताए । चौथो सिस्ने रेस आठबिसकोट नगरपालिका वडा न: ११ को सिमबजार मा हुने भएको जनाईएको छ । आयोजकका अनुसार पुरुष तर्फ २१ किलोमिटर र महिला तर्फ १० किलोमिटर दौड हुने बताईएको छ ।
खुल्ला पुरुष तर्फ प्रथम दोस्रो हुनेले क्रमश ३५हजार , २३ हजार १५ हजार र ७ हजार रुपैयाँ हात पार्ने बताईन्छ । त्यस्तै महिला खुल्ला दौडतर्फ प्रथम हुनेले २२ हजार दोस्रोले १५ हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउने जनाईएको छ । त्यस्तै ४० वर्ष माथिका महिला पुरुषको दौड प्रतियोगिता रहेको अध्यक्ष पुनले जानकारी दिए ।