काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स पहिलो च्याम्पियन बनेको छ । पहिलो संस्करणको यो एनपिएलमा जनकपुर पहिलो च्याम्पियन बनेको हो ।
Advertisement
शनिबार फाइनलमा खेलमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिला ब्याटिङ गर्दै जनकपुर बोल्ट्सलाई जितका लागि १८५ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
उपाधी जिते सङ्गै जनकपुरले १ करोड १० लाख नगद सहित ट्रफि हातपारेको छ । त्यस्तै दोस्रो हुने सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने कर्णाली याक्सले २५ लाख रुपैयाँ तथा चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ ।