काठमाडौं । २१ औं राष्ट्रिय ज्यापु दिवस को अवसरमा शान्ती महर्जन सम्मानित भएकी छन्। आइतवार वसन्तपुरमा आयोजित एक कार्यक्रममा समाज उत्थानको लागि महिला सशक्तिकरण र सवलीकरणको क्षेत्रमा विशेष योगदान पुर्याएको भन्दै महर्जनलाई सम्मान गरिएको हो ।
Advertisement
चन्द्रागिरि – ९ मच्छेगाउँ निवासी शान्ती महर्जन ज्यापु महिला सशक्तिकरण पदवीबाट सम्मानित भएकी हुन्। उनले महिलाहरुको अधिकार र महिला सशक्तिकरण को लागि लामो समयदेखि आवाज उठाउँदै आएकी छन ।
प्रधानमन्त्री केपि शर्मा ओलिले उनलाई सम्मान पत्र प्रदान गरेका हुन्। काठमाडौं को बसन्तपुरमा आइतवार भव्य कार्यक्रम सहित २१ औं राष्ट्रिय ज्यापु दिवस मनाईएको थियो ।