कल्पना भाट
सुर्खेत । उज्यालोपाटीका प्रधान सम्पादक अर्जुन बिष्ट नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने निर्वाचनको लागि काठमाडौं शाखामा स्वतन्त्र बाट खुल्ला उपाध्यक्षको उम्मेदवार बनेका छन् । 
बिष्टले देशकै ठुलो शाखाको रुपमा रहेको काठमाडौं मा खुल्ला उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । बिभिन्न दल निकट संघ संगठन मिलेर बनेको संयुक्त प्यानल विरुद्ध विष्टले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। काठमाडौं बाट उम्मेदवार बनेका बिष्ट २०६८ सालबाट पत्रकारिता क्षेत्रमा सक्रिय छन्। राजधानी दैनिक बाट पत्रकारिता प्रवेश गरेका विष्ट करिब १३ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय रहेका छन् ।
रुकुम पश्चिमको आठबिसकोटमा जन्मिएका बिष्ट राजधानी केन्द्रीत पत्रकारितामा सक्रिय छन्। काठमाडौं मा राजधानी राष्ट्रीय दैनिक , मध्यान्ह दैनिक, नेपाल समाचारपत्र दैनिक, सौर्य दैनिक, जनता टेलिभिजन लगायतका अन्य अनलाईन गरेर करिब १० वर्ष काठमाडौं मा रहेक पत्रकारिता गरेका बिष्ट केही वर्ष यता मोफसलमा केन्द्रीत छन्। ।