विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ। शनिबारको दोस्रो खेलमा कर्णाली याक्ससँग विराटनगर ७ रनले पराजित भयो।
कर्णालीले एनपीएलको चार खेलमा २ खेलमा जित र २ खेलमा हार भोगेको छ। ४ खेलबाट ४ अंक जोडेको कर्णाली ४ अंकमा तालिकाको चौथो स्थानमा छ। ४ खेलमध्ये १ खेलमा जित र ३ खेलमा हार भोगेको विराटनगर २ अंकमा तालिकाको सातौँ स्थानमा छ।
Advertisement
कर्णालीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २६ रन मात्र बनाउन सक्यो।