• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ ०९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज घट्यो सुनको मूल्य

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?

आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

कस्तो रहला आजको मौसम?

लोकप्रिय समाचार

  • १. रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

  • २. नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

  • ३. रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

  • ४. छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

  • ५. जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

  • ६. भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

  • ७. बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

  • ८. विपद् प्रभावितको उद्धार र पुनःस्थापनामा प्रदेशसभाको जोड

  • ९. कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

  • १०. कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिँदै

कर्णालीमा ३३ आयोजना अलपत्र, निर्माण व्यवसायीलाई अन्तिम मौका


  •   शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
  • काँक्रेविहार : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल सुरू गरिएको छ। मन्त्रालयले अलपत्र परेका ठेक्काको पटकपटक म्याद थपे पनि समस्य समाधान नभएपछि मन्त्रालयमा निर्माण व्यवसायीसँग छलफल शुरू गरेको हो। 

    Advertisement

    मन्त्री शेरबहादुर बुढा, सचिव तथा अन्य अधिकारीको सहभागितामा निर्माण व्यवसायीलाई संयुक्त रूपमा राखेर समस्य र समाधानका उपायबारे छलफल सुरू गरेको मन्त्रीका सूचना प्राविद्यि सहायक टेकबहादुर शाहीले जानकारी दिए। कर्णालीमा ३३ वटा ठूला आयोजनाहरू अलपत्र छन्।
 
अधिकांश अलपत्र पारिएका ठेक्काको चारपटकसम्म म्याद थप गरिएको पाइएको छ। अति जरूरी भएको ठाउँमा समेत ठेक्का लिएर निर्माण व्यवसायी सम्पर्कविहीन हुने गरेको जिल्लास्थित कार्यालय प्रमुखले गुनासो गर्दै आएका छन्। 

    सोही गुनासो आधारमा निर्माण व्यवसायीलाई मन्त्रालयमा बोलाएर अन्तिम पटक समय दिएर काम गर्न आग्रह गरेको मन्त्री बुढाले बताए। उनले भने, ‘काम नगर्ने हो भने बाटो खुल्ला गर्नुपर्यो, हैन भने तत्काल कम शुरू गर्नुपर्‍यो।’

    कुन-कुन आयोजना अलपत्र ?

    ३० प्रतिशतमात्र भौतिक प्रगति भएको डोल्पाको दुनै सरस्वती मन्दिरदेखि तिब्लागाउँ थरगाउँ काँडातलीसम्मको दोस्रो ठेक्को काम अलपत्र पर्दै आएको छ। श्रेया जुगल जेभीले उक्त ठेक्का लिएको छ। विसं २०७९ असार १६ गते उक्त ठेक्काको सम्झौता भएको थियो।२०८१ मंसिर २३ गते यो ठेक्काको अन्तिम भाका छ। 

    जाजरकोटको छेडा थलह सानाखोला जाँदे जुम्ला सडकको ३० किलोमिटर सडक निर्माण गर्ने भनी २०७८ माघ २५ गते सम्झौता भए पनि हालसम्म निर्माण व्यवसायी अमर सिस्ने जेभीले १० प्रतिशतमात्र काम गरेको छ। 

    २०८२ पुस ४ गतेसम्म म्याद रहेको यो आयोजनाको कामको गति निकै ढिला भएको छ। नेपाल मेघा सिस्ने जेभीले २०७८ साउन ४ गते पूर्वाधार विकास कार्यालय, जाजरकोटमा छेडागाड नगरपालिकाको साल्मखोलामा पुल निर्माण गर्ने भन्दै ठेक्का लिएको पुलको हालसम्म ३० प्रतिशतमात्र काम गरेको छ। 

    म्याद थपसहित २०८२ जेठ २ सम्म पुर्याएको छ। निर्माण व्यवसायीले पुल निर्माणमा चासो नै नदेखाएकाले काम ढिला भएको भनी जिल्लास्थित पूर्वाधार विकास कार्यालयले प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पत्राचार गरेको छ।

    जाजरकोटकै बारेकोट गाउँपालिका-८ साँघुतरा र नलगाड नगरपालिका-५ सिर्केस्थित मोटरेबल पुलसमेत अलपत्र पर्दै आएको छ। 

    नेपाल मेगा सिस्ने जेभीले नै २०७८ साउन २९ गते पुल निर्माणको ठेक्का लिएको थियो। हालसम्म उक्त पुलको भौतिक प्रगति जिरो रहेको छ। निर्माण व्यवसायीले काम गर्नका लागि अहिलेसम्म फिल्डमै नपुगेको भनी पूर्वाधार विकास कार्यालय, जाजरकोटले मन्त्रालयमा पत्राचार गरेको छ। 

    यसको म्याद थपसहित २०८२ असार २० गतेसम्म म्याद थप गरिएको छ।

    नारायनम निर्माण सेवा नेपालगञ्ज १८ बाँकेले बारेकोट गाउँपालिकाको भैसेडीमा पक्की पुल निर्माणका लागि २०७९ जेठ २३ गते लिएको ठेक्काको भौतिक प्रगति ५० प्रतिशत रहेको छ। विसं २०८१ जेठ २९ गतेसम्म म्याद सकिएको छ। 

    कल्यानमा पक्की पुल निर्माण गर्ने भन्दै पीएस निर्माण सेवा नौवास्था- ८ बाँकेले २०७९ जेठ ३० गते लिएको पुलको ठेक्का हालसम्म निर्माण हुन सकेको छैन। ठेक्काको म्याद थपसहितको मिति २०८१ जेठ २९ गते समाप्त भइसकेको छ। यसको भौतिक प्रगति ४५ प्रतिशतमात्र रहेको छ।

    कालीकोटको सेरी-पान्तडी-पद्मघाट-जुम्ला सडक (बहुवर्षीय योजनासमेत) निर्माणको ठेक्का खड्काकृष्ण सुपरस्टार जेभीले २०७७ जेठ २ गते लिएको थियो। उक्त ठेक्काको काम हालसम्म ४० प्रतिशतमात्र भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ। 

    २०८० जेठ ३० गते यस ठेक्काको म्याद सकिएको थियो। वारातु सियाला रेगिंल रोड निर्माण गर्नका लागि पूर्वाधार विकास कार्यालय कालीकोटले निकालेको ठेक्कामा मार्गादेवी निर्माण सेवाले २०७८ वैशाख २६ गते सम्झौता गरेर हालसम्म २८ प्रतिशतमात्र काम गरेर बीचमै छोडेको पाइएको छ।
    कडा चट्टान लागेको भन्दै उक्त काम बीचमै छाडिएको मन्त्रालयमा परिपत्र गरिएको छ। यसको म्याद थपसहितको अन्तिम मिति २०८२ वैशाख ३० गते रहेको छ। 

    कालीकोटको पताला-९ को दाम्रीगाड पक्की पुल निर्माण गर्नका लागि गलवार जगदम्बा र सुपरस्टार जेभीले २०७७ असार ३० गते सम्झौता भएको थियो। सम्झौताको मिति सकिएर म्याद थप गरेर २०८१ साल असार २० गते म्याद सकिएपनि उक्त पुलको भौतिक प्रगति हालसम्म ३५ प्रतिशतमात्र रहेको मन्त्रालयका सूचना अधिकारी प्रवीण कार्कीले जानकारी दिए। 

    जारकोटमा पक्की पुल निर्माण गर्ने भनी २०७७ असोज १३ गते हिराचन-कारभान-सुपरस्टार जेभीले ठेक्का लिएकामा हालसम्म उक्त ठेक्काको २५ प्रतिशत मात्र छ। म्याद थपसहितको अन्तिम मिति २०८१ जेठ ३० गते समाप्त भएको थियो। त्यस्तै दैलेखमा समेत हालत उही रहेको छ। 
    दैलेख सदरमुकामदेखि नौमुले गाउँपालिका-१ देखि ४ हुँदै जुनी जाजरकोट जिल्ला जोड्ने सडकसमेत अलपत्र पर्दै आएको छ। 

    यसको ठेक्का बिरूवा सिद्धान्त श्रृङ्गेश्वर जेवीले लिएको थियो। यसको पनि भौतिक प्रगति निरासाजनक रहेको छ। यो सडक पटकपटक निर्माण गर्दा पनि निर्माण व्यवसायीले काम अगाडि बढाउन नचाहेको मन्त्रालयमा प्रतिवेदनमा उल्लेख गरिएको छ। 

    साङ्गेतडा-ब्रिन्दासैनी-चामुण्डा बाटो निर्माण गर्ने भनी मोतिदान-लाल सुभ-मेन्द्रो जेभीले काम अलपत्र पार्दै आएको छ। 
    कोप्ची कट्टी बेस्तडा रूम चौराठा देउली दैलेख सडकको काम वाइबा र लामारलोपूर्ण जेभीले अलपत्र पार्दै आएको पाइएको छ। 
    सान्ताडा मेहलतोली पातिहाल्ना जाजरकोट सडकको समेत अवस्थामा खराब छ। यसको प्रगति पनि निरासाजनक नै रहेको छ। यसको ठेक्का नाना निर्माणले लिएको छ।

    रबट छामघाट खोला पक्की पुल निर्माणको काम जलजला जय माँ स्वर्गद्वारी जेभीले लिएर अलपत्र पारेको छ। पटकपटक म्याद थप गर्दा पनि १० जिल्लामा निम्न आयोजना निर्माण हुन नसकेर थन्किएका छन्। 
    निर्माण व्यवसायीलाई पटकपटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले फोन अफ गरेर बसिरहेको पाइएको छ। सुर्खेतमा बड्डीचौर बिम्रेनी बाबियाचौर विद्यापुर सडक अनक-जयदेवी जेभीले अलपत्र परेको छ। रानीघाट तेलपानी भुरीगाउँ सडक थोदुङ्गरजागृती जेभीले निर्माणमा समस्या बनाउँदै आएको मन्त्रालयले बताएको छ।

    मंगलगढी काँक्रेविहार सडक योजना अमर-सिस्ने-मेघा जेभीले बीचमै अलपत्र पारेको छ। कुइने जामु बाबियाचौर भक्तरी जगलघाट सडक अनक-जयदेवी-सनलाइट जेभीले, प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्र सहरी सडक कान्छाराम कन्स्ट्रक्सने ठेक्का लिएर बीचमै छाडेको अवस्थामा रहेको मन्त्रालयका सूचना अधिकारी कार्कीले जानकारी दिए। तल्लो करेली पक्की पुल निर्माण भेरीगंगा-१३ को पुलगाल्वा निर्माण सेवा काठमाडौंले, घाटगाउँ गटु सालम कोरालाबास कुल्लीमोर सडक श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी काठमाडौंले ठेक्का लिएर बीचमै छाडेको अवस्थामा रहेको मन्त्रालयका सूचना अधिकारी कार्कीको भनाइ छ।  

    हुम्लाको लालीबगर औलाथली मोटरेबल पुल सूर्य-एचएम-श्रेया जेभीले लिएर अलपत्र पारेको छ। याँचु बजार (पालिका केन्द्र)देखि तुमलिक मोटरेबल पुल, खार्पुनाथ गाउँपालिका हुम्ला सडक पुल पुनः सूर्य-एचएम-श्रेया जेभीले नै लिएर अलपत्र परेको छ। जुम्लाको झारज्युला निधार पक्की पुल गल्वा अमित जेभीले लिएर बीचमै छाडेको पूर्वाधार विकास कार्यालय जुम्लाले मन्त्रालयमा पत्र पठाएर जानकारी दिएको छ।
    मुगुको दोमुख तारापानी गमगढी नाक्चे लाग्ने सडक निर्माणको जिम्मेवारी लिएको खानी जगदम्बा मिसन जेभी, झुगला बेलिब्रिज वा मोटरेबल पुलको काम कन्काई-कुशेश्वर निसान जेभी, दोमुख पक्की पुलको काम मृत सञ्जीवनी निर्माण सेवाले हुम्ला कर्णाली र मुगु कर्णाली नदी दोमुखबाट गमगढी नाक्चेलाग्न सडक अदालतमा मुद्दा परेका कारण ढिला भइरहेको छ।

    रूकुम पश्चिममा चिसापानी-राडी-नदुवा-मुसीकोट सडक (बहुवर्षीय)को काम पिएस जिएसएचसीले, छेरावगर पक्की पुलको काम सपना सिस्ने खड्का जेभीले लिएको छ। 

    सबै काम सन्तोषजनक नभएको पाइएको छ। पूर्वाधार विकास कार्यालय सल्यानका अनुसार बालुवा सङ्ग्रही कुपिण्डे खलंगा सडकको काम गलवा-धुलिखेल जेभीले र बागचौर-पातीहाल्न बगरखोला पुलको ठेक्का प्राकृतिक निशानभूमि जेभीले लिएर अलपत्र पारेको छ। यी सबै ठेक्काका काम ३० देखि ५० प्रतिशत भई बीचमै अलपत्र पारिएको छ। 

    • कर्णाली प्रदेश
    • विकास
    शनिबार, मङि्सर २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज घट्यो सुनको मूल्य
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी
    कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो
    बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?
    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    लोकप्रिय

    • १.
      रुकुम श्री बस चढ्दा फ्री टिकट देखि स्कुटर जित्ने मौका

    • २.
      नेकपा – एमाले बीच कर्णालीमा मिल्यो भागबन्डा कसले कुन मन्त्रालय पाए ?

    • ३.
      रुकुम पश्चिममा गाडीको ठक्कर बाट आमाछोरीको मृत्यु

    • ४.
      छोराको हत्या पछि आमाले पनि त्यागिन प्राण ,श्रीमान् विदेश बाट फर्किदै

    • ५.
      जाजरकोटको नलगाडमा जीप दुर्घटना : १ जनाको मृत्यु ६ घाइते

    • ६.
      भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

    भर्खरै

    • १.
      आज घट्यो सुनको मूल्य

    • २.
      पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

    • ३.
      मौसम पूर्वानुमानः चार प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

    • ४.
      कर्णालीमा तीन मन्त्री छान्न नेकपालाई सकस, सात जनाको नाम केन्द्रमा पठाइयो

    • ५.
      बालिका हत्या प्रकरण : अनुसन्धानको गोपनीयता कहाँ हरायो? कसरी बाहिरियो आरोपीको भिडियो ?

    • ६.
      पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    • ७.
      सुनको मूल्यमा प्रतितोला ३२ सय बढ्यो, कति पुग्यो ?

    • ८.
      आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.