आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा बिहानैदेखि बजार बन्द गरिएको छ । व्यापारीहरुले आज विहानैदेखि सबै पसलहरु बन्द गरेका छन्। राडीबजार अनुगमनका लागी कर सेवादाता कार्यालय दाङबाट अनुगमनको टोलि आएपछी व्यापारीहरुले बिहानै सटर बन्द गरेका हुन्।
कानुन बमोजिम कर दाखिला नगरेका व्यापारीहरु र भ्याटमा दर्ता भएर लामो समय सम्म पनि विवरण नराखी कारोबार गरिरहेका व्यापारीहरुलाई कर छुट पछी पनि कर दाखिला नगरेका कारण बजार अनुगमनमा गरिएको कर कार्यालयले जनाएको छ ।
आफुले व्यसाय गरे वापत तिर्नुपर्ने कर छल्न आठबिसकोटका व्यवसायीहरु पटक पटक सटरडाउन गरेर भागिरहेको स्थानीयले बताएका छन्। छन्। यसअघि पनि बजार अनुगमन गर्दा पसल बन्द गरेर भागेका थिए । पसल बन्द गरेर व्यवसायी भागेपछी आज बिहानैदेखि बजार सुनसान बनेको छ ।
कर छलि गरेर कानुनन विपरित अटेरी गर्ने व्यवसायीहरुलाई कानुन बमोजि कारबाही गरिने कार्यालयले जनाएको छ ।
कारबाहि तथा जरिवाना परिने डरले करको टोली आएको बेला केहि व्यापारीहरुको भागाभाग हुने गरेको छ । करको टोलि रुकुम आएपछी रुकुमको मुसिकोट, आठबिसकोटका अधिकांश पसलहरु बन्द गरिएको छ ।