आठबिसकोट । रुकुमको पुर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष लागि मतदान सुरु भएको छ । पुथामा दुई जना उम्मेदवार चुनावी मैदानमा उत्रीएका छन्। नेपाली काँग्रेस र एमालेबाट केशकुमारी तुलाचन र माओवादीबाट नरपुरा बुढा उम्मेदवार रहेका छन्। काँग्रेस एमाले गठबन्ध रहेको यो पालिकामा माओवादी एक्लै भिड्दै छ।
Advertisement
गाउँपालिकाको १४ वटा वडामा २२ मतदान केन्द्र रहेको छ। जसमा ५ हजार ६ सय ७१ जना पुरुष र ५ हजार ५ सय ९ जना महिला गरी जम्मा ११ हजार एक सय ८० जनाले मतदान गर्ने निर्वाचन सहायक अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए।