काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने निर्वाचनआयोगले जनाएको छ।
Advertisement
आयोगले आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको छ। आइतबार उपनिर्वाचन हुने४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो। जसमध्ये ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराईनिर्विरोध निर्वाचित भएका छन्। तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएपछि उक्त पद रिक्तथियो।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्यगरी आइतबार ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।