आठबिसकोट । आगामी मंसिर १६ गत हुने स्थानीय तहको उपनिर्वाचन मा नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
Advertisement
निर्वाचन कार्यालयको कार्यतालिका अनुसार आज मनोनयन दर्ता अन्तर्गत नलगाडको उपप्रमुखका लागि नेपाली काङ्ग्रेस इन्द्रा चन्दसिंह, एमाले सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, नेपाल समाजबादी पवित्रा जैसी , राष्ट्रिय स्वतन्त्र पार्टी बाटपार्वती पुन र राप्रपा नेपाल बाट सुनिता पुन रावलको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।