। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरुले उम्मेदवार चयन गरेका छन्। सरकारले स्थानीय तहमा रिक्तरहेका पदमा निर्वाचनबाट नयाँ जनप्रतिनिधि छनोट गर्न यही मंसिर १६ गते लाइ उपनिर्वाचनको दिन निश्चित गरेको छ। ०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधीको दुर्घटना, प्रकोप र रोग व्याधि लगायतका कारण निधन हुँदा अहिले सम्म स्थानीय तहका विभिन्न ४० पदहरू खाली रहेको निर्वाचन आयोगले जनाएको छ ।
उपनिर्वाचन हुनेमा जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा ४० पद रहेका छन्। स्थानीय तहमा एकवर्षको पदावधि छँदै कुनै पद रिक्त रहेमा उपनिर्वाचन गराउनुपर्ने व्यवस्था छ।
कर्णाली प्रदेशमा जाजरकोट सहित नलगाडसहित तीन वटा पालिकाका अध्यक्ष, उपाध्यक्ष तथा उपप्रमुख पदमा उपनिर्वाचन हुदै छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ। अधिकांशको ध्यान खिचिरहेको जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदको लागी हुने उपनिर्वाचनको लागी राजनैतिक दलहरुले आफ्ना उम्मेदवार टुंगो लगाएका छन्। नेपाली कांग्रेसले इन्द्रा चन्द सिंहलाई उपप्रमुख उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस जिल्ला कार्यसमितिले सिंहको नाम मात्रै सिफारिस गरेर प्रदेशमा पठाएपछी
प्रदेश संसदीय समितिले उपप्रमुख उम्मेदवार सिंहलाई बनाउने निर्णय गरेको कांग्रेसका एक जानकारी दिए । कांग्रेसबाट उम्मेदवार भएकी ईन्द्रा यसअघिकी उपप्रमुख सरिताकी भाइकी श्रीमती हुन्।
त्यस्तै नेकपा माओवादी केन्द्रले पनि उम्मेदवार सिफारिस गरेको छ । माओवादीले देवका लामिछानेको नाम सिफारिस गरेको बताईएको छ । ‘वडादेखि जिल्ला , प्रदेश तहसम्म लामिछानेको नाम सिफारिस गरी पठाएको जनाईएको छ । त्यस्तै नेकपा एमालेले पनि उम्मेदवार टुंङ्गो लगाएको छ । एमालेले नलगाड नगरपालिकाको उपमेयरमा सुनिता बोहोरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको जिल्ला कमिटीको बैठकले जिल्ला कमिटीकी उपसचिवसमेत रहेकी बोहोरालाई उम्मेदवार बनाएको हो।
नलगाडका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गतेको भूकम्पमा परेर मृत्यु भएको थियो। सरिता कांग्रेसबाटै उम्मेदवार भएर उपप्रमुख विजयी भएकी थिइन्। माओवादी कांग्रेसले नयाँ उम्मेदवार तय गरेपनी एमालेले भने पुरानैलाई दोहोर्याएको छ । एमालेले अघिल्लो चुनावमा पनी सरिता बोहोरालाई टिकट दिएको थियो । कांग्रेसकी सरिता सिंह ५४०६ मत ल्याएर निर्वाचित हुँदा एमालेकी वोहोरा ३३९३ मत ल्याएर पराजित बनेकी थिईन्। करिब २ हजार मतले अघिल्लो चुनावमा पराजय ब्यहोरेकी उनै बोहोरालाई एमालेलेफेरि एक पटक अवसर दिएको छ ।
अघिल्लो चुनावमा माओवादी संग गठबन्धन भएर चुनाव जितेको कांग्रेसले यसपटक भने एक्लै सामना गर्नुपर्ने छ । तीन प्रमुख दल अहिले एक्ला एक्लै चुनाव लड्ने तयारीमा छन्। उपनिर्वाचनमा संसद्का प्रमुख राजनीतिक दलहरूले एक्ला एक्लै लड्ने निर्णय गर्दा दलहरुको शक्ती परिक्षण हुनेछ । भने अर्कोतिर गठबन्धनको जालो तोडिएको छ । नलगाड सहित देशका बिभिन्न स्थानमा हुने उपनिर्वाचनमा दलहरु एक्लाएक्लै लड्ने प्रतिबद्धता गरेका छन्।