आठबिसकोट । गत वर्ष कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु भएर भुकम्प गएको बर्ष पुगेको छ । गत २०८० सालकार्तिक १७ गते मध्यराती गएको ६.४ म्याग्नेच्यिुडको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति गर्यो । एक सय ५४जनाको ज्यान गुमाए। हजारौँको सङ्ख्यामा भौतिक संरचनाहरु भत्किए । सयौं मानिस घरबार बिहिन बने तर वर्षदिन वितिसक्दा पनीपुननिर्माणको कुनै टुंङ्गो लागेको छैन्।
सरकारले भुकम्प प्रभावित क्षेत्रको पुर्ननिर्माण एक बर्ष भित्र गरिसक्ने भनेर कार्यविधि समेत बनायो । तर एक बर्ष सम्म पनि पुर्ननिर्माणको टुङ्गो छैन । भुकम्प पिडितहरु अहिले पनि टिनको टहरामै बस्न बाध्य छन् । सरकारले ल्याएको पुर्ननिर्माण सम्बन्धी कार्यविधि ले पुर्णता नपाउदा पुर्ननिर्माण कार्यले गति लिन सकिरहेको छैन्। सरकार पुननिर्माणमा प्रष्ट नहुँदा भुकम्प पिडितको अवस्था दिनप्रति दिन कष्टकर बन्दै गैरहेको छ ।
गर्मी, वर्षात झेलेका पिडितले फेरी चिसो मौसमको सामना गर्नुपर्ने छ । एक वर्ष सम्म पुननिर्माणको टुंङ्गो नलाग्दा पिडितहरु थप निराशबनेका छन्। जाजरकोट भुकम्पबाट सबैभन्दा बढी क्षति भएको रुकुम पश्चिममा ३२ हजार लाभग्राही कायम भएकोमा अझै दुई हजार लाभग्राहीले पहिलो किस्ता बापतको रकम पाएका छैनन्। सरकारले भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि प्रतिपरिवार ५० हजार अनुदान व्यवस्था गरेको थियो । तर कतिपयले पहिलोकिस्ता समेत नपाउँदा जिवन थप कष्टकर बन्दै गएको छ । दोस्रो किस्ता वापतको रकम निकासा भएपनी अझैसम्म लाभग्राहीले सो रकमपाउन नसकेको बुझिन्छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार जिल्लाभर ३२ हजार ६११ वटा अस्थायी टहरा निर्माण भएका छन् । भूकम्पबाट प्रभावित भएका ३२ हजार ९९६ घरधुरी लाभग्राहीको सूचिमा रहेका छन् ।अझै ५२३ वटा अस्थायी आवास निर्माणाधिन अवस्थामा रहेकाछन् ।