आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ राडिज्युलामा परम्परागत रुपमा लाग्दै आएको चौतारा मेलाको ३०औं संस्करणयो वर्ष पनि हुने भएको छ । परम्परागत रुपमा लाग्दै आएको चौतारा मेलाको ३० औं संस्करण यहि कार्तिक २२ गतेदेखि सुरु हुनेछ । मेलामा भलिवल प्रतियोगिता सहित बिभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको मेला आयोजक समितिले जनाएको छ ।

स्थानीय मेलामा रुकुम पश्चिमकै सबैभन्दा बढी धनराशी पुरस्कार तीन लाख रुपैया रहेको भलिवल प्रतियोगिता आयोजना गरिएको छ । मेलामा ब्याडमिन्टन, घैटोफोर पनि आयोजना गरिने आयोजक समितिका अध्यक्ष दिलिप बटालाले जनाएका छन्। उनका अनुसार मेलामा स्थानीय सिंगारु, मयुर नाँच देखि अन्य सास्कृतिक लोकझाकि पनि देखाइने छ।
पुरुष भलिबलका लागि १० हजार दर्ता शुल्क तोकिएको छ भने महिलाका लागि ८ हजार दर्ता शुल्क तय गरिएको छ। पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३,०३,३३३, २,०२,२२२ र १,०१,१११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष बटलाले बताए। यो अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हो।
यस्तै, महिलातर्फको विजेताले १, ५५, ५५५, दोस्रो हुनेले १,११,१११ र तेस्रो हुनेले ७५,५५५ रुपैयाँ प्राप्त गर्ने गर्नेछन्। ३ हजार दर्ता शुल्क रहेको ब्याडमिन्टनको विजेता, ८० हजार, उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने छन। यस्तै, ५ सय दर्ता शुल्क रहेको घैटोफोरको विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। भने सबै पुरस्कारको नियम अनुसार कर कट्टि गरिनेछ।