आठबिसकोटमा दोस्रो दाजेकप हुने
आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा फुटवल प्रतियोगिता हुनेभएको छ । आठबिसकोट नगरपालिका– ८ दाजेमा दोस्रो दाजेकप हुन लागेको हो। आगमी कार्तिक १३ गतेदेखि दोस्रो दाजे फुटवल कप सञ्चालन हुन लागेकोआयोजकले जनाएको छ । स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल एकबाटहजार अध्यारोबाट उज्यालोतिर भन्ने मुल नाराका साथ दोस्रो दाजे फुटवल कपहुन लागेको हो ।
ग्रामीण भेकमा हुने फुटवल आयोजनाले फुटवलप्रतिको आकर्षण बढ्दै गएको छ। खेल संयोजक सुदन बुढाका अनुसार खेलमा सहभागी समुहले ६ हजार पाँचसय रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने छ । भने प्रथम हुनेले ६० हजार रुपैयाँ पुरस्कारपाउने छन्। मेडल कप र प्रमाणपत्र का साथ दोस्रो हुने समुहले ३५ हजार रुपैयाँपुरस्कार पाउने संयोजक बुढाले बताए ।
खेल खुल्ला र फुटसलको नियममा रहेर खेलाईने बताईएको छ । खेलमा बिभिन्नक्लवले सहभागिता जनाउने बताईएको छ । त्यस्तै बेष्ट प्लेर, किपर , डिफेन्सर रटप स्कोरहरुले पनि २५ सयका दरले पुरस्कार को व्यवस्था गरिएको आयोजकसमितिले जनाएको छ । पछिल्लो समय पहाडी जिल्लामा पनि फुटवलप्रतियोगिता सञ्चालन हुँदै आएको छ ।