आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट ४ गोतामकोटमा ३४ औँ पाँचपुर्णीमा मेला सुरु भएको छ । परम्परागत रुपमा लाग्दै आएको पाँचपुर्णीमा मेलाशुक्रवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
Advertisement
राष्ट्रीयसभा सदस्य कृष्ण बहादुर रोकायको प्रमुख आतिथ्यतामा मेलाको उद्घाटनभएको हो । उद्घाटन कार्यक्रममा सदस्य रोकाय सहित आठबिसकोटकानगरप्रमुख रवि केसी, उपप्रमुख धन कुमारी शाही विभिन्न पार्टीका नेता तथाविविध झाकी र मयुर नाँच सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
मेलामा ब्याट्मिन्टन साहित महिला पुरुष भलिवल तथा साँस्कृतिक कार्यक्रमकोआयोजना गरिएको जनाईएको छ । आयोजकका अनुसार शनिवार देखि खेलकुदसुरु हुने बताईएको छ । विगत ३४ वर्षदेखि बगेनाह मेला लाग्दै आएको छ ।