काठमाडौं । मंगलबारदेखि अभिमुखीकरण तालिममा अनिवार्य रूपमा आईरिस सिस्टम लागू हुने भएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिक दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि आईरिस सिस्टम लागू गर्न लागेको हो ।
Advertisement
विभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरूले तयारी नपुगेको भन्दै थप समय माग गरेकाले समय थप गरिएको जनाएको थियो ।
विभागले श्रमिकहरूलाई तालिमकमा लागि कक्षा कोठामा उपस्थित नै नभएका श्रमिकलाई तालिम दिएको प्रमाणपत्र दिएको पाएको थियो । त्यसपछि विभागले ४६ वटा संस्थालाई कारवाही गरेको थियो ।
पढाउँदै नपढाई तालिम लिएको भन्दै प्रमाणपत्र दिन थालेपछि विभागले बायोमेट्रिक सिस्टमलाई हटाएर आईरिस सिस्टम लागू गर्न खोजेको हो ।