म्याग्दीको मालिका गाउँपालिका–२ चिमखोला गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ।
सङ्घीय सरकारको अनुदानमा मालिका गाउँपालिकाले दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ को लागतमा उक्त भवन निर्माण गरेको हो।
हाल कच्ची भवनको साँघुरो कोठाबाट सेवा प्रवाह हुँदै आएको स्वास्थ्यचौकी चाँडै सुविधासम्पन्न भवनमा सारिने मालिका गाउँपालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले बताए। रासस