• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, बैशाख ०५, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

आमा : ममताकी महासागर

बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पाकिस्तानमै फेरि चाँडै हुनेछ अमेरिका–इरान वार्ता-ट्रम्प

लोकप्रिय समाचार

  • १. अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

  • २. आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

  • ३. जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

  • ४. सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

  • ५. धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

  • ६. सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन

  • ७. मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

  • ८. सामुदायिक विद्यालय तर्फ ९४ प्रतिशत उत्कृष्ट नतिजा सहित सरस्वती मावी मिग्री आठबिसकोटमा पहिलो

  • ९. आमा : ममताकी महासागर

  • १०. कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

लुम्बिनीको सिमानामा एकिकृत जाँच गर्न मुख्यमन्त्रीको निर्देशन


  •   मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
  • दाङ । लुम्बिनी प्रदेशका सिमा क्षेत्रलाई लक्षित गरेर एकिकृत जाँच गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमा क्षेत्रमा एकिकृत जाँच सेवा विस्तार गर्न निर्देशन जारी गरेका छन् । प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक बिषयमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले खुला सिमानाका कारण भारतबाट अवैध रुपमा मासु, दुध तथा कृषि उपजका सामाग्रीहरु चोरी पैठारी हुदा राजश्ज चुहावट भइरहेको, उपभोक्ताले बिषाक्त खाद्यबस्तु खानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाल भित्रने पर्यटकहरुको सुविधाको लागि सिमा क्षेत्रमा एकिकृत जाँच गर्न निर्देशन दिएका हुन् ।

    Advertisement

    भारतबाट नेपाल भित्रिने पर्यटकहरुलाई ठाउँठाउँमा सुरक्षा जाँचको नाममा दुःख दिएको, भारतबाट कुखुरा, खसिबोका, माछा, दुध भित्रिने गरेको गुनासो बढेपछी मुख्यमन्त्री आचार्यले समस्या समाधानका लागि एकिकृत जाँचलाई कार्यान्वयनमा ल्याउने योजना अघि सारेका छन् ।

    सिमा क्षेत्रबाट नेपाल भित्रिदा सवारी साधनको रुट परमिट लिनुपर्ने प्राबधान छ । तर, सिमा क्षेत्रमा त्यो सुविधा नहुदा ट्राफिक प्रहरीले ठाउँठाउँमा जाँच गर्ने र जरिवाना गर्ने कार्यले पर्यटनमैत्री वातावरण निर्माण नभएको भन्दै अव देखि सिमा क्षेत्रबमा सवारी साधनको रुट परमिट दिने व्यवस्था मिलाउन उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिए ।

    ‘भन्सारबाट भित्रिदा एकीकृत सुरक्षा जाँच गरौं । त्यसका लागि प्रदेश सरकारले कर्मचारी खटाउछौं । यातायात र घरेलुबाट कर्मचारी खटाउने व्यवस्था मिलाउछौं । प्रदेश सरकारले कृषि, पर्यटन र उद्योगलाई समृद्धको आधार मानेका छौं ।

    तर, हामिले पर्यटकलाई कस्तो व्यवहार गरिरहेका छौं ?’ उनले भने,‘एउटा मान्छेलाई १२\१३ ठाउँमा चेकिङ्ग गर्दा हाम्रो पर्यटन क्षेत्र कस्तो होला ? सिमा क्षेत्रबाट भित्रिने वेलामा र बाहिरीने वेलामा जाँच गर्नुपर्यो । त्यसका लागि सिमानामा एकिकृत सुरक्षा जाँच गर्ने योजना कार्यान्वयनमा ल्याउछौं ।’रुपन्देहिको सुनौली नाकामा एकिकृत सुरक्षा जाँच गरिदै आएको छ । अव बाँकी सिमा क्षेत्रमा सोही प्रकृतिको सुरक्षा जाँचलाई अघि बढाउने तयारी गरिएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालयको सेवा त्यही प्रदान गर्नेगरी सेवा विस्तारको योजना बनाइएको छ । चाडपर्वको बेलामा बजारमा कृतिम अभाव सृजना गर्ने, अखाद्य वस्तुको कारोबार गर्ने, मुल्यमा एकरुपता नहुने जस्ता समस्यालाई ध्यानमा राखेर जिल्ला तहमा एकिकृत बजार अनुगमनलाई तिब्रता दिन आग्रह गरे ।

    ‘बजारमा कृतिम अभाव हुन सक्छ । बजार अनुगमनलाइ कडाइ गर्ने, बजार भाउमा एक रुपता कायम गर्न जरुरी छ’उहाँले भन्नुभयो,‘जिम्मेवारी प्राप्त निकायहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नुस ।’

    यस्ता छन् ११ निर्णय

    प्रदेश विपद् व्यवस्थापन तथा समसामायिक बिषयमा आयोजना गरिएको बैठकले ११ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेमबहादुर सारु, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपाने, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सिता शर्मा चौधरी, प्रदेशका प्रमुख सचिव महादेव पन्थ, मन्त्रालयका सचिवहरु, तराईका ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो । बैठकले तीन बर्षको विपद्को स्थिति तथा मनसुनजन्य विपद्को कारण बाट भएको धनजनको क्षती तथा राहत तथा पुनर्लाभमा प्रदेश सरकारको उपस्थितिको समिक्षा गरेको छ । जिल्लागत रुपमा विपद्को अवस्था तयारी तथा राहत वितरण अवस्थाको बिषयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रमुख जिल्ला अधिकारि तथा सुरक्षा निकायबाट प्रतिवेदन प्रस्तुत गर्दै समिक्षा गरिएको छ ।

    विगत असोज १० गते देखि १३ गते सम्म परेको अविरल बर्षाको कारण सिर्जित विपदमा पूर्व प्रक्षेपणको तुलनामा कम जोखिम भएकोमा पूर्व तयारि उद्दार र राहत वितरण कार्यहरुमा संलग्न सबै सरोकार निकायको भूमिका प्रसंसनिय रहेकोले प्रदेश सरकारले धन्यवाद ज्ञापन गरेको छ । आगामि दिनमा यस्ता विपदजन्य घटना घट्न सक्ने भएकोले पूर्व तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

    प्रदेश सरकार बाट वितरण हुने राहत रकम समयमै निकासा गर्न र विकास निर्माण सँग सम्बन्धीत मन्त्रालयको दीर्घकालीन रुपमा विपद् जोखिम कम गर्ने उपाय सहित विकास निर्माण कार्यहरु अगाडि बढाउने बिषयमा सम्बद्ध सबै पक्षले ध्यान दिने, चाडपर्वहरु लक्षित गरी उपभोक्ताको हित संरक्षणका लागि संयुक्त बजार अनुगमन टोली र विषयगत अनुगमन टोलीलाई सक्रिय बनाई बजार अनुगमन कार्यलाई प्रभावकारी बनाउने, आम उपभोक्तालाई सहज रुपमा वस्तु तथा सेवा प्राप्तीमा सहजिकरण गर्न सबै सरोकारवालाको भूमिकालाई थप प्रभावकारी बनाउने, उपभोग्य वस्तुमा हुने कालोबजारी तथा कृतिम अभाव नियन्त्रण एवं नियमनको विषयमा तीनै तहका सरकारका निकाय विच समन्वय र सहकार्यलाई पनि प्रभावकारी बनाउने, सडक सुरक्षा व्यवस्थापन पूर्व पश्चिम लोकमार्ग लगाएत अन्य सडकहरुमा सवारी साधनको अत्यधिक चाँप, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने, पुराना सवारी साधनको प्रयोग गर्ने र सिट भन्दा बढी क्षमताबाट हुन सक्ने दुर्घटना न्यूनिकरणका लागि नियमित चेकजाँच कार्यलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।

    यातायात अनुगमनमा प्रविधि मैत्री बनाउन प्रदेश सरकारले यस सम्बद्ध निकायलाई स्रोतसाधन उपलब्ध गराउने तर्फ ध्यान दिने, । भारतबाट तिर्थ यात्रिको रुपमा प्रदेश भित्र भित्रने भारतीय नंम्बर प्लेटका सवारी साधनहरुलाई नाकामा जाँच गरी प्रदेश भित्र आगमनमा सहजता कायम गर्न आवश्यक व्यवस्था गर्ने, बर्षायामको समयमा सडकको अवस्था विग्रिनगई यातायात आगमनमा समस्या परेको गुनासो प्राप्त भएकोले प्रदेश मातहतको सडकहरुमा भौतिक पूर्वाधार विकास मन्त्रालयले मर्मत कार्यको व्यवस्था मिलाउने तथा लोक मार्गहरुको हकमा नेपाल सरकार मातहतका सडक डिभिजनका कार्यालयहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

    प्रमुख चाडका दिन यातायात न्यून संख्यामा गुड्ने तर चाडवाड मनाउन नागरिकहरु एकठाँउबाट अर्को ठाउमा जानुपर्ने र सवारी साधनको अभाव हुने समस्यालाई मध्यनजर गरी स्थानीय प्रशासन सुरक्षा निकाय प्रदेश मातहतका निकायको समन्वयमा उक्त अवसरमा वैकल्पिक सवारी साधन सञ्चालन तर्फ समन्वय र सहकार्य गर्ने, भन्सार नाकाबाट चाडवाड मनाउन भित्रिने आम नागरिकहरुलाई सहज आगमनको व्यवस्था स्थानीय प्रशासनले मिलाउने, प्रदेश भित्र लागु औषध ओसारपसार तथा दुव्र्यसनी बढ्नु तथा आत्महत्याका घटनाहरु दिनानुदिन बढ्नु दुःखदायी पक्ष भएकाले यस सम्बन्धमा प्रदेश सरकार, स्थानीय प्रशासन र स्थानीय तहको सहकार्यमा सचेतना मूलक कार्यक्रमहरु सञ्चालन गरी यस्ता घटनाहरु न्यूनिकरणको लागि समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ ।

    मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा
    कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता
    सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती
    सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
    आमा : ममताकी महासागर

    लोकप्रिय

    • १.
      अमेरिकाबाट थप ३५ जना नेपाली डिपोट

    • २.
      आठबिसकोटमा कक्षा ८ को नतिजा सार्वजनिक उतिर्ण दर न्युन

    • ३.
      जाजरकोटको नलगाडमा खाना पकाउने ग्यास लिक भएर आगलागी , ३ जना घाइते

    • ४.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ५.
      धनी प्रधानमन्त्रीका करोडपति मन्त्री : कुन मन्त्रीको कति सम्पति ? पुरा विवरण

    • ६.
      सम्पत्ति शुद्धीकरण गर्न पाइँदैन, नियन्त्रण गर्ने विभाग छ : वर्षमान पुन

    भर्खरै

    • १.
      दोलखा विकास मञ्चको वार्षिक साधारण सभासहित नयाँ वर्षको शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    • २.
      अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार बिदा

    • ३.
      कर्णाली नदीमा डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    • ४.
      सामाजिक संजालमा फैलाएको भ्रमप्रति पिसजोन एकेडेमीको कडा आपत्ति : आरोप पुष्टि गर्न चुनौती

    • ५.
      सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    • ६.
      आमा : ममताकी महासागर

    • ७.
      बिमा कार्यक्रम : सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

    • ८.
      पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.