आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका प्रशासकीय अधिकृत बिहिन भएको छ । निमित्त प्रमुख प्रशासकीयअधिकृत मणि राज शाहले गत बुधवार पदबाट स्वैच्छिक राजीनामा दिएपछी पालिकामा अझै सम्म अधिकृतको पद रित्त रहेको छ ।
Advertisement

निमित्त प्रमुखको नयाँ जिम्मेवारी राजेश गौतम लाई दिने भनेता पनि अहिले सम्म गौतमलाई उक्त पदमा नियुक्त गरिएको छैन्।पालिकाका अधिकृत मणि राज शाहले राजिनामा दिए सङ्गै गौतम लाई नयाँ जिम्मेवारी दिने कार्यपालिकाको बैठकमा निर्णय भएकोकार्यपालिकाका एक सदस्यले उज्यालो पाटीलाई बताए । 
बुधवार बसेको नगरपालिकाको ९८ औँ कार्यपालिका बैठकले शाहको राजिनामा स्विकृत गरेपछि रिक्त रहेको पदमा गौतमलाईसिफारिस गरिएको थियो । गौतम नगरपालिकामा ईन्जिनियर छैटौँ पदमा कार्यरत छन्। पालिकामा अधिकृत नहुँदा दैनिक हुने कामकाजप्रभावित बनेका छन्। 