तुलसीपुरसहित पश्चिम दाङमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत फिडर वरीपरिका रुखका हाँगा काट्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।
प्राधिकरणका अनुसार सोमबार १४ गते देखि असोज २० गतेसम्म विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । विद्युत सेवा अवरुद्ध हुने ठाउँ र समय प्राधिकरणले सार्वजनिक गरिसकेको छ ।
प्राधिकरणका अनुसार सोमवार तुलसीपुर सबस्टेशनको फूलबारी अन्तर्गत पूलबारी, रनियापुर, रजेनी, शितलपुर, माथिल्लो मलई लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो । यसैगरी हापुरे सबस्टेशनको बाघमारे फिडर अन्तर्गत बाघमारे, वस्तीखोला, पेदीखोला, हारीचौर र बाघखोला लगायतका क्षेत्रमा पनि सोमवार विद्युत आपुर्ति नहुने भएको हो ।
यस्तै भोलि तुलसीपुर सबस्टेशनको कृष्णमन्दीर फिडर अन्तर्गत ‘ख’ लाइन, तुलसी बोर्डिङ, गणेशपुर, आँखा अस्पताल, रक्षाचौर लगायतका क्षेत्रमा विद्युत आपुर्ति बन्द हुने भएको छ । यस्तै हापुरे सबस्टेशनको पञ्चकुले फिडर अन्तर्गत पञ्चकुले, रगैचा, चिसापानी, ढोलपुर, तल्लो मलई लगायतका क्षेत्रमा विद्युत आपुर्ति नहुने भएको छ ।
प्राधिकरणका अनुसार पर्सि बुधबार (असोज १७ गते) हापुरे सबस्टेशनको तुलसीपुर वितरण केन्द्रका सम्पूर्ण क्षेत्रमा विद्यतु सेवा बन्द हुने भएको छ । यसैगरी बिहिबार १८ गते तुलसीपुर सबस्टेशनको बालापुर फिडर अन्तर्गतका बालापुर, सैबाङ, सलौरा लगायतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने तुलसीपुर वितरण केन्द्रले जानकारी दिएको छ।
यस्तै शुक्रबार १९ गते तुलसीपुर सबस्टेशनको एयरपोर्ट र सल्यानको कपुरकोट फिडर अन्तर्गतका ‘क’ लाइन, ‘ग’ लाइन, हात्तिखौवा, खर्चवा, एयरपोर्ट, गु्रमाहचोक, खमारी र कपुरकोट लगायतका सम्पूणर् क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
यस्तै हापुरे सबस्टेशनको बाघमारे फिडर अन्तर्गतका पुरन्धारा, कालिमाटी, बगाले,ट्वाङखोला, बबरपुर लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको छ ।
यस्तै असोज २० गते शनिबार अस्वारा सबस्टेशनको बाघमारे फिडर अन्तर्गतका बाघमारे, वस्तीखोला, पेदीखोला, हारीचौर र बाघखोर लगायतका क्षेत्रमा विद्युत आपुर्ती बन्द हुने भएको छ ।
सोहि दिन नै अस्वारा सबस्टेशनको सुकौरा फिडर अन्तर्गतका कृष्णमन्दिर, बेलुवा, दुधेना, दोघरे लगायतका ठाउँमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सबै ठाउँमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।